‘वीर बिक्रम’ र ‘चपली हाइट २’ को भिडन्त हुने पक्का! कसले बाजी मार्ला?


केही वर्ष पहिले क्यु सिस्टममा चलचित्र रिलिज नियम थियो। यो नियम तोडिएपछि साताको शुक्रबार चलचित्र रिलिज गर्ने चलन चल्यो। हाल आएर शुक्रबार चलचित्र रिलिज गर्ने मान्यता पनि तोडिदै जान थालेको छ। दशैँ वा नयाँ वर्षको अवसर परे, जुनसुकै बार वा फूलपातीका दिन फिल्म रिलिज गर्ने गरिन्थ्यो। विशेष अवसरमा चलचित्र रिलिज गर्ने चलन नेपाल मा मात्र हैन विश्वभर नै प्रचलित छ।

जनै पुर्णिमाको अवसर पारेर भदौ २ गते नेपाली चलचित्र ‘चपली हाइट २’ रिलिज हुँदै छ भने अर्को चलचित्र ‘वीर विक्रम’ पनि अब सोहि मितिमा रिलिज हुने भएको छ। यस अघि ‘वीर विक्रम’ले भदौ ३ गते रिलिज मिति तय गरेको थियो। यी दुवै चलचित्र अहिले चर्चामा छन्।

Chapali-Height-2-Poster

अर्जुन कुमार फिल्मस को ब्यानर मा निर्माण भएको चलचित्र ‘चपली हाइट २’ लाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन्। चलचित्रमा नयाँ अनुहारहरुको बाहुल्यता छ। आयुष्मान जोशी, परमिता राज्य लक्ष्मी शाह, मरिस्का पोखरेल लगायतका नयाँ कलाकारको चलचित्रमा मुख्य भूमिका छ।

Bir-Bikram-Poster

मिलन चाम्स इन्टरटेन्टमेन्ट को ब्यानरमा निर्माण भएको चलचित्र हो ‘वीर विक्रम’। चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन्। चलचित्रमा प्राय चलेका अनुहारका कलाकारहरुले अभिनय गरेका छन्। दयाहाङ राई, अर्पण थापा, नाजिर हुसेन, अनुपविक्रम शाही, दिया पुन लगायतले मुख्य भूमिकामा अभिनय गरेका छन्। नेपाल रिलिज अगाडी नै यो चलचित्रको हङकङ, ऑस्ट्रेलिया र लन्डनमा विशेष सोहरू भईसकेका छन्।

चर्चामा रहेका यी दुवै चलचित्र एकै मितिमा रिलिज हुँदा दुवै चलचित्र निर्माण युनिटलाई धेरै थोरै नोक्सानी हुने पक्का देखिन्छ। ब्यापारिक दृस्टीकोण ले हेर्ने हो भने व्यापारमा बाजी कसले मार्ला? रिलिज पश्चात नै थाहा हुने छ।

SUBSCRIBE 👉