राजधानिमा चलचित्र ‘दिपज्योती’को शुभ मुर्हत


शनिबार राजधानिमा शुभ मुर्हत कार्यक्रम आयोजना गर्दै चलचित्र ‘दिपज्योती’को शुभ मुर्हत गरिएको छ। उध्योग राज्य मन्त्री मेघराज नेपाली (निषाद) ले दिप प्रज्वलन गरेर चलचित्रको शुभारम्भ गरे। कार्यक्रममा मिरा बाानिया क्षेत्री खड्काले क्यामरा अन गरिन्। चलचित्र बिकास बोर्डका सदस्य उत्तम केसीले क्लाप र दिपेन्द्र कोइरालाले नरिवल फुटाऊदै मुर्हत सटको निर्देशन राजु अर्यालले गरे। शुभ मुर्हत सटमा कलाकार प्रमोद दिप, दिपेन्द्र कोइराला, प्रज्वल गिरी, कसिस दाहालले अभिनय गरे।

Deep-Jyoti-Nepali-Movie-2

यो चलचित्र एनपि फिल्मस् प्रोडक्सनको छैटौ प्रस्तुति हो। अनिस कुमार मैनाली प्रस्तुतकर्ता रहेको चलचित्र ‘दिपज्योती’ मा मिरा बाानीया क्षेत्री खड्का, बसरुदिन अन्सारीले लगानी गरेका छन्।

Deep-Jyoti-Nepali-Movie-3

त्रिकोणत्मक प्रेमकथामा आधारित यो चलचित्रले सडक बालबालीकाले पनि देश र समाजका लागी महत्वपुर्ण भुमिका निर्बाह गर्न सक्छन् भन्ने कथा उठान गर्न खोजेको छ।

Deep-Jyoti-Nepali-Movie-1

राजु अयालको निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा कलाकारहरु आनन्द पुन, जेनिसा केसी, वासना शाही र बालकलाकार आर्सन खड्का, प्रिती चापागाई को पनि अभिनय रहने छ। चलचित्रमा सचिन गिरीको संगीत, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन रहने छ। साउन ५ गतेबाट फ्लोरमा जाने भनिएको चलचित्रको अझै केही कलाकार छनौटको क्रममा छन्।

SUBSCRIBE 👉