धुर्मुस सुन्तलीको वस्ती निर्माणमा १० दिन श्रमदान गरि फर्कियो स्काउट टोली


धुर्मुस सुन्तलीले सिन्धुपाल्चोक स्थित गिरानचौरमा निर्माण एकीकृत नमुना वस्ती निर्माण गरिरहेको छ। सो कार्यलाइ सहयोग पुर्याउन गएको नेपाल स्काउट टोली फर्किएको छ। स्काउट लिडर राजिब खत्री २५ जनाको स्काउट टोलीले धुर्मुस सुन्तलीको वस्ती निर्माणमा १० दिन सम्म श्रमदान गरि फर्केको हो। नेपाल स्काउट टोली गत असार २४ गते गिरानचौर पुगेको थियो।

Dhurmus-Scout-Team

टोलीको बिदाई कार्यक्रममा बोल्दै सिताराम कट्टेल (धुर्मुस) ले १० दिन सम्म श्रम गर्न स्व-स्फुर्त आएका नेपाल स्काउटका २५ जना रोभरररेन्जर स्काउटहरुको यो टिमको उत्साहजनक क्रियाशीलता, कडा परिश्रम र लगावले आफु साँच्चै उत्साहित भएको बताए।

स्काउट लिडर राजिब खत्रीले धुर्मुस सुन्तली फाउन्डेसनको यो कार्यमा श्रमदान गर्न पाउँदा आफ्नो टोली निकै हर्षित भएको र फेरी पनि सम्भव भएसम्म सहयोग र श्रमदानमा पुन फर्किने’ बताए। उनले धुर्मुस सुन्तली फाउन्डेसनका सिताराम कट्टेल र नमुना एकीकृत बस्ति बिकाशका संयोजक अर्जुन न्यौपानेलाइ नेपाल स्काउटको स्कार्फ लगाएर सम्मान गरे।

श्रमदान कार्यक्रममा नेपाल स्काउट अन्तरगतका कुमारीगाल स्काउट ओपन युनिट, मछिन्द्र क्र्यू, नोदन क्र्यू, सचेतना स्काउट क्र्यू, नेसनल ओपन क्र्यू, गोकर्णेश्वर ओपन स्काउट क्र्यूका सदस्यहरु सहभागिता रहेको थियो।

दशैँको घटस्थापनासम्ममा हस्तान्तरण गरिने योजनाले अगाडी बढेको उक्त परियोजनाबाट करिब ६५ परिवारका ४०० जना लाभान्वित हुने छन्। उक्त स्थानमा बस्ने बासिन्दाका लागी केवल बस्ने बास मात्र नभएर बाटो, खानेपानी र विजुलीको पनि राम्रो ब्यवस्था गराउने फाउन्डेसनका परियोजना संयोजक अर्जुन न्यौपानेले बताए।

SUBSCRIBE 👉