विवाहित तामाङ महिलाहरु लक्षित सौन्दर्य प्रतियोगिता “मिसेस तामाङ २०१६” हुने


सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा एस के इन्टरटेनमेन्ट प्रालिले “मिसेस तामाङ २०१६” आयोजना गर्ने भएको छ। यो सौन्दर्य प्रतियोगिता तामाङ समुदायका विवाहित महिलाहरु प्रति लक्षित छ। तामाङ समुदाय सम्बधित कला संस्कृति, भेष भुषा, रिति रिवाज, एबं रहन शाहनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्दन तथा सामाजीकरण गर्ने उदेश्यले यो प्रतियोगिता गर्न लगिएको हो।

MRS-TAMANG

प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ गृहणी, घरायसी, कामकाजी, शिक्षिका,ब्यबसायी महिलाहरुको आत्माबल बढाउन सहयोग पुर्याउने कुरा इभेन्ट म्यानेजर शान्ता तामाङ लामा बताउछिन। यस सौन्दर्य प्रतियोगीताले महिलाहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छिन।

“मिसेस तामाङ २०१६” को अडिसनको लागि फारम खुलिसकेको र चाडै नै अडिसन हुने उनले उनले बताईन।

SUBSCRIBE 👉