रहिनन् गायिका मन्जु महत । सम्झनामा भरिए फेसबुकका भित्ताहरु


manju-mahat-nepali-folk-singer

Manju Mahat / image source: nepalisite.com

ग्ल्यामर नेपाल, काठमाडौं। चर्चित लोक गायिका मञ्जु महतको शनिबार ग्रांडी हस्पिटलमा निधन भएको छ। बिहीबार गीत रेकर्डिङका लागि जमलस्थित मालश्री स्टुडियोमा आउँदै गर्दा उनले चढेको स्कुटर गल्कोपाखामा सडक दुर्घटनामा परेको थियो। घटनाका प्रत्यक्षदर्शीका अनुसार उनको स्कुटर दुई वटा माइक्रोबसको बिचमा परेर दुर्घटना भएको थियो। घटना पच्श्चात गम्भिर अबस्थामा उनलाई ग्रान्डी हस्पिटल पुर्याइएको थियो। ग्रान्डीकै सघनकक्षमा उपचार हुँदै गर्दा मन्जुको निधन भएको हो।

कास्की भरतपोखरी गाविसकी मन्जुले किङफिसर दोहोरी गायन प्रतियोगितामा प्रथम भएपछि काठमाण्डुमा जमेकी थिइन। मन्जुलाई पशुपति शर्मासँग गाएको युगल गीत ‘सोह्र दुना आठ’ ले लोकगीतमा निकै चर्चा दिलाएको थियो। पछिल्लो समय विदेश तथा स्वदेशका कन्सर्ट तथा सांस्कृतिक कार्यक्रममा निकै व्यस्त रहेकी मन्जुका ‘नभन है कसैलाई भन्न हुँदैन’, ‘हिरामोती झैं’ लगायत एल्बम बजारमा आइसकेका छन्। मन्जुका पति र डेढ वर्षकी छोरी छन्।

निधनको खवर लगत्तै अस्पतालमा उनका प्रशंसकहरु तथा कला क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थिति रह्यो भने सामाजिक संजालका भित्ताहरु भाबपुर्ण श्रदान्जलीले भरिएका छन्।

हेर्नुहोस – को कसले के पोस्ट गरे फेसबुकमा

SUBSCRIBE 👉