नायक पछि अब गायक हुने संकेत ! गायक राजेस पायलको गीतमा नायक राजेस हमालको स्वर


कुल्ची हिड हाँसी हाँसी यो छाती तिम्रै बाटो हो,
मेरो देह केही होइन, यो त एक थुप्रो माटो हो।
गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन,
त्यो त झरी सुकेको एक थोपा आँशुको टाटो हो।
चर्चित गायक राजेश पालय राई ‘राई इज किङ’को महत्वकाक्षी एल्बम ‘दर्शन नमस्ते-३’को एक गीतमा महा-नायक राजेश हमालले बरिष्ठ गीतकार रत्नशम्सेर थापाको ५५ वर्ष पुरानो मुक्तकमा स्वर भरेका छन्।
Rajesh-Hamal-and-Rai

मंगलबार बिहान प्रज्ञा साउण्ड रेकार्डिंग स्टुडियोमा नेपाली कला क्षेत्रका दुई हस्ती राजेश हमाल र वरिष्ठ गीतकार रत्नशम्सेर थापा एकसाथ भेटिए। नेपाली चलचित्र क्षेत्रका ‘महानायक’ राजेश हमाल एउटा गीतको प्राटिक्स गर्दै थिए। महा-नायक हमाललाई गीत गाउन प्राटिक्स गराऊदै थिए चर्चित गायक राजेशपायल राई।

केही छिनको प्राटिक्सपछि हमालले रेकडिस्टको इसाराअनुसार गीत गाउन सुरु गरे। उनलाई गीत रेकर्ड गर्न १० मिनेटपनि लागेन। हुन पनि गीत चार लाइनको मात्र थियो। स्टुडियोबाट बाहिरिदै हमालले भने, “गायक पनि भईयो।” हमालले गीतमा मुक्तक वाचन मात्र गरेका हुन्।

गायक राजेश पायल राईले नायक हमाललाई एल्बम ‘दर्शन नमस्ते-३’ का लागी तयार हुँदै गरेको गीतमा हमालको अवाजमा मुक्तक बाचन रेकर्ड गरेका हुन्। हमालको स्वरमा मुक्तक रेकर्ड भए संगै ‘दर्शन नमस्ते-३’ का लागि रेकर्डिङको काम पनि सकिएको राजेस पायलले बताए।

Rajesh-Hamal-with-Lyricist-and-Musician

“यो मुक्तक ५५ वर्ष अगाडीको हो, मैले लेखेको त अझ ६० वर्ष भइसक्यो।” गीतकार रत्नशम्सेर थापाले भने – “यस गीतलाई गोपाल योञ्जनदेखि अम्बर गुरुङ सम्मले मागेका थिए। तर, दिइन।” उनले आफनो उक्त मुक्तक भनौं वा गीत ५५ वर्ष अगाडी ‘ज्योति’ नामक पत्रिकामा प्रकाशित भएको जानकारी गराउदै भने – “अहिले म ७९ वर्षको भए।” गीतकार रत्नशम्सेरले आफ्नो यस गीतलाई तारादेवीलगायतका गायक/गायिकाले पनि गाउने प्रयास गरेको सुनाए। बालकृष्ण समदेखि लक्ष्मीप्रसाद देवकोटाहरुसम्मले पटक-पटक वाचन गर्न लगाएर सुनेको समेत बताउदै रत्नशमसेरले वाचन गरेर पनि सुनाएका थिए।

गीतमा नायक हमालको मुक्तक वाचन पछि मात्र पायलको स्वर सुन्न सकिन्छ। गीतको संगीतकार हरि लम्साल हुन्। लम्साले भने – “यो राजेशपायलको अहिले सम्मका गीतहरु भन्दा फरक बनेको छ। हुन त यस्तोे कन्सेप्टमा अहिलेसम्म अरु नेपाली गीत बनेकै छैन भन्दा फरक पदैन।”

भिडियो हेर्नुहोस्

गीतक एरेञ्जर किरण कडेल हुन्। नायक हमालले किरण कडेलको तारिफ समेत गर्न समेत भ्याए। हमालले भने – “उहाँको एरेञ्जका गीतहरु मैले धेरै सुनेको छु, प्रशंसा गरिरहन आवश्यक छैन।”

गायक राजेश पायल राईले यो गीतको भिडियोमा समेत नायक हमालले नै अभिनय गर्ने समेत बताए। भिडियोलाई निर्देशक मिलन चाम्सले निर्देशन गर्ने भएका छन्। उनको अनुसार ‘दर्शन नमस्ते-३’ आउदो भदौको तेस्रो साताभित्र सार्वजनिक हुनेछ। त्यतिखेर हमालकै स्वरमा अभिनय पनि हेर्न सकिनेछ।

SUBSCRIBE 👉