संगीत पारखीमाझ सुरेश राज पाठकको ‘आउँदै छु म’


बेलायत बस्दै आएका नव गायक सुरेशराज पाठकको डेब्यु एल्बम “आउँदै छु म” संगीत पारखीमाझ ल्याएका छन्। राजधानीमा बुधबार साँझ आयोजित कार्यक्रममा गायक सीताराम पोखरेल, संगीतकार टिका भण्डारी, मोडल-नायिका तथा लेखक विनिता बराल, वरिष्ठ प्रहरी उपरीक्षक मिलन बस्नेत र म्युजिक भिडियो निर्देशक समन अधिकारीले एकसाथ एल्बम सार्वजनिक गरे।

Suresh-Raj-Album-Release-1

कार्यक्रममा एल्बममा समाबेस “तिम्रो नजरमा गिरेको दिन” बोलको गीतकेा भिडियेा पनि प्रिमिएर गरिएको थियो। भिडियोमा विनिता बराल, प्रकाश लम्साल र शेखर लम्सालको अभिनय छ। समन अधिकारीको निर्देशनमा बनेको भिडियोमा शिवराम श्रेष्ठको छायांकन र निशान घिमिरेको सम्पादन छ।

Suresh-Raj-Album-Release-2

विनिताले आफु अमेरिकामा रहँदा एक्सन कट मिस गरिरहेको बताउंदै भिडियोमा राम्रै पारिश्रमिकमा काम गरेको बताईन तर कति पारिश्रमिक भन्ने कुरा चाहिं बताईनन्। उपन्यास ‘जुइनो’की लेखिका विनिता भिडियोमा पनि उपन्यास कै साथ प्रस्तुत भएकी छन्।

Suresh-Raj-Pathak--CD-Cover

संगीतकार भण्डारी, गायक पोखरेल, प्रहरी उपरीक्षक बस्नेतले गायक पाठकलाई संगीत क्षेत्रमा स्वागत गर्दै गीत तथा भिडियोको तारिफ गरे। गायक पाठकले आफुले हतार हतारमा एल्बम निकालेको र यो एल्बम श्रोताले रुचाउने आशा व्यक्त गरे। एल्बममा विपिन आचार्यको संगीत र दीपकराज पाठकको शब्द छ।

एल्बममा ‘आउँदै छु म आउँदै छु म’, ‘तिम्रो नजरमा गिरेको दिन’, मुटु मेरो रेटी रेटी’, ‘तिमी मेरी घाम, तिमी नै हेा जुन’ गरि ५ गीत समाबेश छन्। एल्बमलाई रेस्क्यु क्रिएसनले बजारमा ल्याएको हो।

SUBSCRIBE 👉