बस्ती निर्माणकालागी ताइवानवासी नेपालीले गरे धुर्मुस सुन्तलीलाई सहयोग


सिन्धुपालचोक स्थित गिरानचौरमा बस्ती निर्माण गरिरहेका हाँस्य कलाकारद्धय सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरेको फाउण्डेसनलाई ताइवानवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन्।

Dhurmus-Suntali-Foundation

भूकम्प पिडित विद्यार्थीकालागि काभ्रेमा स्कुल निर्माण गर्न ताइवानबाट नेपाल आएको नेपाल ताइवान एसोसिएसनले गिरानचौर पुगी धुर्मुस सुन्तली फाउण्डेसनलाई रकम हस्तानतरण गरेका छन्।

एसोसिएसनका अध्यक्ष राजु गुरुङ, कोषाध्यक्ष राजन श्रेष्ठ तथा सदस्यहरु शंकर महर्जन र सुरेन्द्र नेपालीले नेपालमा रहेका केही सहयोगीहरुका साथ गिरानचौर स्थित बस्ती निर्माण स्थल पुगेर ताइवानवासी नेपालीका तर्फबाट ३ लाख ५ हजार रुपैयाँ हस्तानतरण गरेका हुन्।

हामीले सहयोगका लागि ताइवानबाटै कुरा गर्दा बस्ती निर्माणका लागि २ करोड रुपैयाँ मात्र संकलन भएको थियो, एक महिनापछि सहयोग रकम लिएर नेपाल आउँदा लक्ष्यअनुसार ५ करोड संकलन भईसकेकाले सितारम कट्टेल धुर्मुसले रकम लिन मान्नु भएको थिएन, तर पहिले नै कुरा भईसकेकाले हामीले अनुरोध गरेपछि रकम बुझ्न मान्नुभयो’ एसोसिएनका अध्यक्ष गुरुङले भने।

गुरुङका अनुसार धुर्मुस सुन्तलीको अभियानबाट प्रभावित भई एसोसिएनले त्यसमा सघाउन ताइवानवासी नेपालीबाट संकलन गरिएको रकम फाउण्डेसनलाई हस्तानतरण गरिएको हो। ताइवानमा केवल १ शय ४० नेपाली छन्। एसोसिएसनले जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रद्धारा सञ्चालित शारिरीक अपांगता भएकाहरु अध्ययन गर्ने स्कुललाई विज्ञान प्रयोगशालाका विभिन्न सामग्री, १५ बालबालिका आश्रति बालबालिका विकास समाज कांडाघारी र नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस एसोसिएसनलाई पनि करिब ३ महिनाका लागि पुग्ने रासन र शैक्षिक सामग्री उपलब्ध गराएको छ।

एसोसिएसनका सदस्य राजन श्रेष्ठका अनुसार एसोसिएसनले ताइवान सरकार सँग अनुमती लिई ताइवानी र नेपाली नागरीकबाट संकलित रकमले आगामी भदौ देखि काभ्रेमा स्कुल निर्माण गर्ने छ।

SUBSCRIBE 👉