कमेडी एक्सन जनरामा सविनको ‘हिरो रिटर्न्स’, घोषणा संगै बाहिरियो पहिलो पोस्टर


नायक सविन श्रेष्ठको प्रस्तुतीमा निर्माण हुने चलचित्र ‘हिरो रिटर्न्स’ को घोषणा गरिएको छ। यो चलचित्र निम्रण हुने समाचार सार्वजनिक भएको लामो समय बितिसक्दा पनि औपचारिक घोषणा भने भएको थिएन।

काठमाण्डौमा कार्यक्रमको आयोजना गर्दै नायक सविनले कमेडी एक्सन जनरामा ‘हिरो रिटर्न्स’ बन्न लागेको घोषणा गरे। चलचित्रमा नायिका रेखा थापा, नायक सरोज खनाल, नायक दिल श्रेष्ठ र सविन श्रेष्ठ मुख्य भूमिकामा देखिनेछन्। चलचित्रमा सरोज खनाल खलपात्रको भूमिकामा देखिदै छन्।

कार्यक्रममा बोल्दै नायिका रेखा थापाले सविनको मन छुने प्रस्तावलाई आफूले नकार्न नसकेको बताइन्। उनले यो चलचित्रमा आफू एक्सन अवतारमा नै प्रस्तुत हुने बताइन्। रेखा फिल्म्सकै ब्यानरमा बनेको चलचित्र ‘अन्दाज’बाट सविनले चलचित्र नगरीको यात्रा शुरु गरेका थिए।

चन्द्र गौतमले ‘दमदार’ पछि दोश्रो चलचित्र निर्माण गर्न लागेका हुन्। चलचित्रमा सहदेव गौतम र भिम न्यौपानेको पनि लगानी रहनेछ। चलचित्रको निर्देशन आशिष भेटवालले गर्दैछन्। नवराज शर्मा चलचित्रका सह-निर्देशक हुन्।

चलचित्रको छायांकन काठमाण्डौ, विरगञ्ज र हेटौडामा हुनेछ। चलचित्रमा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मित्र गुरुङको सम्पादन रहनेछ।

हेर्नुहोस् ‘हिरो रिटर्न्स’ पहिलो पोस्टर : सविनको अँगालोमा रेखा थापा

Hero-Returns-Nepali-Movie-Poster

SUBSCRIBE 👉