मुस्लिम कथा ‘अलविदा’मा आर्यन र अनिता

anita-acharya-and-aryan-sigdel

Anita Acharya and Aryan Sigdel

ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्ममा पात्र र प्रस्तुती मात्र होइन्, कथामा पनि नयाँपन देखिन थालेको छ। फिल्ममेकरहरु नयाँ–नयाँ कथा र प्लट खोजिरहेका छन्। यस्तैमा मुस्लिम समूदायको कथा पनि फिल्ममा देख्न पाइने भएको छ। नेपाली फिल्म इतिहासमा पहिलो पटक मुस्लिम स्टोरीलाई देखाउन लागिएको फिल्म ‘अलविदा’को घोषणा गरिएको छ। चलचित्रको निर्माण पनि मुस्लिम धर्म मान्ने नायक तथा मोडल हसन खानले गर्दैछन्। हसन राजा खान (एच आर के) प्रडक्सनको निर्माणमा यो फिल्म निर्माण हुने भएको हो। लक्ष्मण रिजालको निर्देशनमा बन्ने चलचित्रमा आर्यन सिग्देल र अनिता आचार्यको मुख्य भूमिका रहने भएको छ। निर्माता हसनको पनि फिल्ममा महत्वपूर्ण भूमिका रहनेछ।

‘अलविदा’ले दुई फरक धर्म मान्ने युवा–युवतीको प्रेमकथा भन्ने छ। बलिउडमा यस्ता कथामा धेरै सिनेमा बने पनि नेपालको लागि नयाँ हो। फिल्ममा अष्ट महर्जनको एक्सन, रामेश्वर कार्कीको छायांकन र विपिन मल्लको सम्पादन रहने छ। प्रोडक्शन जिम्मा केशव घिमिरेले पाएका छन्। चलचित्रको छायांकन वैशाखबाट थालिने निर्माता तथा नायक खानले जानकारी दिएका छन्।

SUBSCRIBE 👉