निशा मिसको रुपमा प्रिन्सिपल देखि पिउन सम्म भुतुक्कै !


कमेडी स्वादमा निर्मण भएको फिल्म ‘कुम्भ करण’को टिजर रिलिज भएको छ। टिजरमा नायिका नीशा अधिकारीलाई कुनै एक गाउँको स्कुलमा पढाउने टिचरको रुपमा देखाईएको छ। टिजरमा निशा संगै कलाकार गौरव पहारी, भोला सापकोटा, अभय बराललाई पनि देखाइएको छ। उनीहरु तिनै जना निशा मिसको रुप देखेर भुतुक्कै भएको टिजरमा हेर्न सकिन्छ।

आकाश पल इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको यो फिल्मका निर्देशक दीपक वली हुन्। फिल्ममा आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री, सद्भाव थापा लगायतका कलाकारले पनि अभिनय गरेका छन्।

महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको यो फिल्ममा सुरेन बसेलको नृत्य निर्देशन, हरि लामाको छायांकन, अर्जुन जीसी र मिलन श्रेष्ठको सम्पादन छ। आकाश पलको प्रस्तुतीमा तयार भएको फिल्ममा क्षितिज बस्नेतको निर्माण, रोम वलीको सह निर्माण छ। फिल्मको प्रदर्शन मिति भने तय भएको छैन।

SUBSCRIBE 👉