दुबईमा फेशन सो : र्याम्पमा नेपाली मोडल तथा नायिकाहरुको बिरालो चाल


छेपारो डटकमको आयोजनामा दुबईमा पहिलो पटक नेपाली फेशन शो हुने भएको छ। युएइमा नेपाली फिल्म तथा संगीत अवार्ड लगायतका विभिन्न कार्यक्रम भएता पनि फेशन शो भने पहिलो पटक नै आयोजना हुन लागेको हो। ’फेशन फ्यूजन’नाम रखिएको यो सो मा नेपाल र युएईमा कृयाशिल नेपाली मोडल तथा अभिनेत्रीहरु रनवेमा उत्रिनेछन्। सोमा नेपालबाट अभिनेत्रीहरु पूजना प्रधान, रजनी केसी र बर्षा राउत सँगै मिस नेपाल २०१४ सुविन लिम्बु सहभागी हुनेछन् भने दुबइमा सकृय मोडलहरु पनि बिरालो चालमा हिंड्ने छन्।

नजिकिँदो ’भ्यालेन्टाइन डे’लाइ लक्षित गर्दै फेब्रुअरी १० तारिखमा बरदुबइ स्थित फोर प्वाइण्ट्स बाइ शेराटोना होटलमा आयोजना हुन् अलगेको फेशन सोमा अभिनेत्री तथा मोडलहरुको कोरियोग्राफीको जिम्मा साबित्री खत्री लिएकी छिन। नेपालमा थुप्रै फेशन सो गरिसकेकी तृष्णा गुरुङको तर्फबाट गायन सँगै समाजसेवालाई पनि अघि बढाउदै गरेका हेमन मोक्तानको हेमन मोक्तान फाउन्डेसनको सहयोगार्थ फेशन शो को आयोजना हुन लागेको हो।

गायक हेमन मोक्तानले दुबईमा यसरि सो आयोजना हुन लागेको मा खुशी ब्यक्त गरे। उनले भने – ‘यसरि युएइमा शो गर्न पाउदा निकै खुसि लागेको छ। त्यहाँ सहभागी हुनु हुने सबैले सहयोगी हात अगाडी सर्नु भाको छ जसले गर्दा निकै खुसि लागेको छ।’ फेशन सोमा गायक हेमन मोक्तानले पनि आफ्ना गीतहरु प्रस्तुर गर्ने छन्। यस अघि गायक मोक्तानले कन्सर्ट मार्फत संकलित रकम एचआईभी पिडित बालबालिकालाई सहयोग गरेका थिय।

SUBSCRIBE 👉