१५ लाख लियर ‘ब्रेकअप’ गर्दै आशिरमान देसराज


आशिरमान देसराजको डेब्यु फिल्म ‘ग्याङस्टार ब्लूज’ रिलिज भएको छैन, रिलिज को तरखरमा छ। तर उनि दोश्रो फिल्म ‘ब्रेकअप’ अनुवन्धित भईसकेका छन्। त्यो पनि महंगो रकम लिएर उनले फिल्म निर्माण युनिट सँग सम्झौता गरेका छन्। देसराजले ‘ब्रेकअप’का लागि १५ लाख पारिश्रमिक लिएको निर्माता रोहित अधिकारीले बताएका छन्। रोहितले आशिरमानलाई १३ लाख पारिश्रमिक, १ लाख पहिरन खर्च र १ लाख चलचित्र हिट भएपछि दिने संझौता गरेको बताए ।

‘ब्रेकअप’लाई हेमराज वीसीले निर्देशन गर्दैछन्। आशिरमानको पहिलो फिल्म ‘ग्याङस्टार ब्लूज’ पनि हेमराज वीसीले नै निर्देशन गरेका हुन्। ‘ग्याङस्टार ब्लूज’ भदौ २ गतेबाट रिलिज हुँदैछ।

रोहित अधिकारी फिल्मस् र ह्याप्पी प्लानेट फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका लागि मुख्य नायिकको खोजी भईरहेको छ। रोहित अधिकारी, दीपक खतिवडा र रुपक थापाले मिलेर यो चलचित्र बनाउन लागेका हुन्। यसअघि अधिकारीले फिल्म ‘गाजलु’ निर्माण गरेका थिए।

१५ लाख लिएर फिल्ममा अनुवन्धित भएका आशिरमान सँग गरिएको छोटो कुराकानी:

१. पहिलो चलचित्र रिलिज नहुँदै महंगो पारिश्रमिक डिमाण्ड गर्नु भएछ त ?
मैले पारिश्रमिक डिमाण्ड गरेको होइन। मलाई निर्माता रोहित अधिकारीले नै प्रस्ताव गर्नुभएको हो।

२. के कुराले यो चलचित्रमा काम गर्न आकर्षित गर्यो ?
मलाई यसको कथावस्तुले निकै लोभ्यायो। साथमा निर्देशक हेमराज वीसीका कारण पनि मैले चलचित्र गरेको हुँ।

३. पहिलो चलचित्रमा शरीर बनाउन निकै मिहिनेत गर्नुभएको थियो, यसमा पनि त्यस्तै मिहिनेत छ कि ?
पहिलो चलचित्रमा जस्तो शरीर नै बनाउनुपर्ने त छैन। तर, आफूलाई लभर ब्याइको रुपमा ढाल्नुपर्नेछ। म यसमा आफ्नो उत्कृष्ट काम दिनेछु।

४.दोश्रो चलचित्र पनि हेमराज वीसीकै किन ?
मलाई यो चलचित्रको कथावस्तु निकै मन परेको हो। यसैले काम गर्न इच्छुक भए। यसमाथि हेमराज दाई लभस्टोरी चलचित्र बनाउन माहिर हुनुहुन्छ।

SUBSCRIBE 👉