राष्ट्रिय नृत्य महोत्सव २०७४ भव्यताका साथ सम्पन्नभएको छ। श्रावण २६ गते भृकुटीमण्डप प्रदशर्नीमार्गमा भब्य कार्यक्रमको आयोजना गर्दै महोत्सव समापन गरिएको हो। नृत्य निर्देशक संघ नेपालको प्रथम-बार्षिक उत्सवको उपलक्ष्यमा आयोजित ‘राष्ट्रिय नृत्य महोत्सव २०७४’ आयोजना गरिएको थियो।
महोत्सबको उदघाटन सांस्कृतिक संस्थानका महाप्रबंधक राजेश थापाले गर्नु भएको थियो। बिभिन्न प्रदेशका झांकी र नृत्य र्यालीहरुले भृकुटीमण्डप, भद्रकाली, रत्नपार्क, पुरानो बसपार्क हुन्दै भृकुटी मण्डपमा बिर्सजन पछी कार्यक्रमको सुरु गरिएको थियो। कार्यक्रमको उदघाटन सिन्धुपालचौक क्षेत्र नं ३ का सांसद माननीय शेर बहादुर तामाङले गर्नुभएको थियो।
महोत्सबमा काठमाडौं,भक्तपुर तथा ललितपुरमा आयोजना गरिएको छुट्टा छुट्टै नृत्य प्रतियोगिताका पहिलो, दोस्रो, तेस्रो र सान्त्वना बिजेता नृत्य समूहहरूलाई कार्यक्रमका प्रमुख अतिथि माननीय सुचनातथा सञ्चार मंत्री मोहनबहादुर बस्नेतको हातबाट पुरस्कार समेत प्रदानगरियो। उत्सव कार्यक्रममा बिजेता तथा अन्य समूहहरुले आफ्नो कलात्मक नृत्य पनि दर्शक माझ प्रस्तुत गरे।
माननीय सांसद शेर बहादुर तामाङ, बिनोद श्रेष्ठ र रूपामहर्जन उपस्थिति रहेको कार्यक्रममा संस्थाका अध्यक्ष भुबनदास श्रेष्ठले बिदेशी संस्कृति र नृत्यको अतिक्रमणबाट जोगाउन नेपालीलोक नृत्य संरक्षणको लागि नृत्य दिवसको घोषणा गर्नुपर्ने बताउनु भयो।
कार्यक्रममा माननीय बिनोद श्रेष्ठ, रूपामहर्जनले नृत्य क्षेत्र बिकासकालागी संसदमा कुरा उठाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो भने माननीय शेरबहादुर तामाङले नृत्य निर्देशक संघको बिकासकालागी पाँच लाख रुपैयाँ सहयोग जुटाई दिने घोषणा गर्दै गर्दा सह-प्राध्यापक तथा नृत्य गुरुमा बेटी संघको अक्षयकोष स्थापनाको लागि एक लाख एक हजार सय एक रुपियाँ लिखित चेक संघका अध्यक्ष भुवनदास श्रेष्ठलाई हस्तान्तरण गर्नु भयो।
कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबंधक श्री राजेश थापालाई कला र संस्कृति क्षेत्रमा अतुलनीय सेवा र सहगोग गर्नु भयको भन्दै संघद्वारा अभिनन्दन गरिएको थियो।
१५०० भन्दा बढी कलाकारहरूको उपस्थिति रहेको महोत्सवमा आयोजित कार्यक्रममा नृत्य निर्देशक दक्षिणा लामाको अध्यक्षतामा ९ सदस्यिय नृत्य निर्देशक संघ क्षेत्र नं ३ को कार्यसमिति कमिटी पनि गठन गरिएको छ।
संस्थाका केन्द्रीय सदस्य ऋषिकेश श्रेष्ठले संचालन गरेको कार्यक्रम सभापतित्व नृत्य गुरुबा भैरब बहादुर थापाको आतिथ्यमा संपन्नभएको थियो। कार्यक्रमका संयोजन रवि राना मगरले गर्नुभएको थियो।