कस्तो होला हमजायगा संग दर्शकको हाँसो ?

ग्ल्यामर नेपाल, काठमाडौं । नेपाल र भारतमा बसोबासरत नेपालीभाषी माझ हँसाउने कुरा गर्दा प्रायः नछुट्ने नाम हो, हमजायगा। विशेष दार्जिलिङमा ट्याक्सी ड्राइभरको पेसा अँगाल्दै आएका हमजायगा त्यहाँ हरेक जोकका पात्र नै बन्छन्। वास्तविक नाम दलबहादुर गुरुङ भए पनि ‘हमजायगा’को नामले परिचित यिनै पात्रको केही कुरालाई छोएर काल्पनिक किसिमको विषयबस्तु बनाई निर्माण गरिएको फिल्म ‘हमजायगा’को फष्टलुक सार्वजनिक भएको छ।

baboo-bogati-hum-jayega

Reecha Dhital and Baboo Bogati – Humjayega

सार्वजनिक गरिएको दुई फष्टलुकमा फिल्ममा हमजायगा बनेका बाबु बोगटी र उनकी फिल्मी नायिका ऋचा धिताल तथा विल्सनविक्रम राई र पार्वती राईको नृत्य तथा रोमान्टिक दृश्य देखिन्छ। ‘कुनै व्यक्ति जो गाडी पनि चलाउँछ र समाजका विभिन्न राम्रो काम पनि गर्छ, त्यस्तो भूमिकामा अभिनय गरेको छु,’सम्पादनको काम सकेर डबिङ चरणमा रहेको फिल्मका नायक बाबुले भने,‘उसको वास्तविक नाम आफ्नै भए पनि हमजायगा चाहिँ अरुले दिएका हुन्छन् ।’ बाबुका अनुसार फिल्म हमजायगाको बायोपिक चाहिँ होईन्।

फिल्मका लेखक तथा निर्देशक सुरेन्द्र पुन हुन्। यसै वर्ष रिलिज हुने फिल्ममा बाबु बोगटी, ऋचा धिताल, विल्सनविक्रम राई, पार्वती राई, मनोज आरसी, प्रज्ज्वल गिरी, रवि गिरी, रामचन्द्र अधिकारी, रेशम फिरिरी लगायतको अभिनय रहेको छ। टंक गुरुङ, सूर्य ल्वोन, ओमकुमारी पुन र सरस्वती लामा निर्माता रहेको फिल्ममा योगेन्द्र श्रेष्ठको द्वन्द्व,कमल राईको कोरियोग्राफी र बाबु श्रेष्ठको छायांकन रहेको छ। हमजायगाले दर्शकलाई कत्तिको हसाउने हो त्यो हेर्न भने केहि समय कुर्ने पर्ने हुन्छ।

SUBSCRIBE 👉