एक्सन र सेक्सी अवतारमा गरिमा (भिडियोसहित)


garima-panta-jiwan-luitel

ग्ल्यामर नेपाल, काठमाडौं । गरिमा पन्तले सोझी र सरल नायिकाको छवि बनाएकी छिन् नेपाली फिल्म उद्योगमा। दर्जनभन्दा बढि फिल्मकी यी नायिकालाई छोटा कपडा र बोल्ड भूमिकामा देख्न पाइएको छैन्। सेक्सी भूमिका अस्विकार गरेकै कारण उनी फिल्मी दुनियाबाट झण्डै पलायन हुनु परेको थियो तर फिल्म ‘झोला’ले उनको करिअरलाई नयाँ उचाई दिलायो। सतीप्रथाविरोधी यो फिल्ममा उनले सकारात्मक प्रतिक्रियासँगै पैसा पनि बटुल्यो। सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएपछि त झन् उनलाई सम्मान थाप्न मै फुर्सद छैन्। सम्मान मात्र होइन्, फिल्मी व्यस्तता पनि बढाएको छ।

‘झोला’पछि उनले ‘ठूली’ र ‘रंग वैजनी’को सुटिङ भ्याएकी छिन्। जसमध्ये फिल्म ‘ठूली’को बिहीबार प्रोमो रिलिज गरिएको छ। जसमा उनलाई एक्सन अवतारसँगै सेक्सी लुक्समा देख्न पाइन्छ।

करिब ३० सेकेन्डको प्रोमोमा निर्देशक सुर्य बोहराले नायक जीवन लुईटेललाई भन्दा गरिमालाई बढि स्पेस दिएका छन्। प्रोमोबाट गरिमालाई विद्रोही स्वभाव भएकी युवतीको रुपमा देख्न पाइने अनुमान लगाउन सकिन्छ। त्यस्तै, इन्दिरा जोशीको स्वर रहेको शिर्ष गीतमा उनले निकै बोल्ड आइटम डान्स गरेकी छिन्। ड्रेस, मेकअप र हाउभाउले उनी सेक्सी देखिने प्रयासमा रहेको प्रष्ट हुन्छ तर उनको यो सेक्सी लुक्स दर्शकले कुन रुपमा लिने हुन ? फिल्म रिलिज पछि मात्र थाहा हुनेछ।

एभरेष्ट कला यात्रा फिल्मस्को ब्यानरमा निर्माण भएको ‘ठूली’ भाद्र ६ गते रिलिज हुँदैछ। पुष्कर पन्तको लगानी रहेको फिल्ममा वसन्त सापकोटाको संगीत सुन्न सकिन्छ। फिल्मलाई शेरबहादुर लामाले खिचेका हुन्।

thooli-trailer-image

SUBSCRIBE 👉