पुनः आमा बन्दै साकिरा


Shakira
कोलम्बियन पपस्टार साकिरा तथा उनका पार्टनर गेरार्ड पिक पुनः आमाबाबु बन्ने भएका छन् । यो जोडीको १९ महिना अगाडिकै एक छोरा रहेको छ । समाचार अनुसार साकिराले वर्ष २०१४ को अन्त्यमा नयाँ सन्तानलाई संसारमा भित्र्याउँदैछिन्, जुन कुराबाट जोडी खुशी छन् ।

डेली मिररका अनुसार साकिराका नजिकका मित्र कोलम्बियाका गायक कालरेस विव्सले गायिका गर्भवती भएको खुलासा गरेका हुन् । दुई हप्ता अघि ब्राजिलमा भएको विश्वकप फूटबलको समापन समारोहमा कार्यक्रम प्रस्तुत गरिरहँदा ३७ वर्षीया गायिका गर्भवती भएको चर्चा चलेको थियो । तर साकिरा र उनका २७ वर्षे फूटबल खेलाडी प्रेमीले हालसम्म यो कुराको पुष्टि भने गरेका छैनन् ।