
नायक अनमोल केसी र नायिका आँचल शर्मा अभिनित फिल्म ‘जेरीः अन टप’को ‘कस्तूरी’ बोलको गीत रिलिज भएको छ। यन जे वाइवाको शब्द तथा संगीत रहेको यो गीतमा आशिष गुवाजु र सदीक्षा कट्टेलको स्वर सुन्न सकिन्छ।
नेपालको मुस्ताङदेखि भारतको राजस्थानसम्मका लोकेशनमा यो गीतको भिडियो खिचिएको छ। किरण थापाले भिडियोको कोरियोग्राफी गरेका छन्।
सुयोग गुरुङको निर्देशनमा तयार भएको यो फिल्ममा अनमोल र आँचलसँगै जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्गी, निर्मल शर्मा लगायतका कलाकारहरूको अभिनय छ।
सरोज न्यौपानेको प्रस्तुति तथा अनन्या फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्म असोजको ३१ गतेबाट रिलिजमा हुदैछ।
फिल्ममा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारीले संयुक्त रुपमा लगानी गरेका छन्। अनुराधा गिरी र ईश्वर श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन्। फिल्ममा नविन घिमिरे, विवेक थापा र भविष्य खड्गा एसोसियट निर्माताको रुपमा छन्। फिल्ममा जोहन चाम्लिङ र व्रिजेश श्रेष्ठको संगीत, विश्वास तिम्सिनाको पटकथा, दुलिप रेग्मीको छायांकन छ।
