
Director Prabin Shrestha | Bod Dai | Actor Saugat Malla
रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माणमा चलचित्र ‘बब डाई’को छायांकन सुरु भएको छ। यो चलचित्रको शुभमुर्हुत गरे सँगै छायांकन सुरु गरिएको हो। चन्द्रागिरीबाट छायांकन सुरु भएको ‘बब डाई’को ४५ दिनको छायांकन तालिका रहेको छ।
चलचित्रलाई प्रबिन श्रेष्ठले निर्देशन गरिरहेका छन्। यसअघि ‘मोक्ष’ चलचित्रका निर्देशन गरेका प्रबिनले १२ बर्षपछि निर्देशनमा कमब्याक गर्दैछन्। निर्देशक श्रेष्ठका अनुसार ‘बब डाई’मा किर्तिपुरकै कथा छ। चलचित्रको नामबारे निर्देशक श्रेष्ठ भन्छन्, ‘खासमा बब डाई भनेको बब दाई हो। नेवारी ट्युनमा दाईलाई डाई भनिने भएकाले नाममा त्यसरी राखेका हौं।’ उनका अनुसार ‘बब डाई’को भूमिकामा सौगात मल्ल देखिनेछन्।
चलचित्रमा सौगात मल्लसँगै, सिम्रन पन्त, सन्तोष पन्त, बिशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्ण भक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्दुकार, मनोज महर्जन र बाल कलाकार अग्रिम पन्डितको अभिनय रहनेछ।
चलचित्रमा मैनिषा गौचन र प्रबिन श्रेष्ठको कथा रहेको छ। चलचित्रको मुख्य सहायक निर्देशक तर्कराज न्यौपाने हुन् भने सहायक निर्देशकमा दिनेश बहादुर राउत छन्।
चलचित्रलाई श्याम तामाङको टिमले खिच्दै छ भने प्रबिन श्रेष्ठले नै सम्पादन गर्नेछन्। निरपेश रुपाखेती कास्टिङ डिरेक्टरको रुपमा छन् भने सुरेन्द्र महर्जन प्रोडक्सन म्यानेजर हुन्।
पोस्टर डिजाइन रोयल भिमसेनको रहेको छ। चलचित्रमा कोरियोग्राफी सृष्टि महर्जनको छ भने सहायक निर्देशनमा बिवेक राज भट्ट र आयुष दाहाल पनि छन्। फिल्मका राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता हुन् भने रबिन्द्र प्रजापती कार्यकारी निर्माता हुन्।
चलचित्रको प्रदर्शन मिति तोकिएको छैन।
