निर्देशक सुदीप्ताको फिल्म ‘रमिताको पिरति’ अफिसियल टिजर

निर्देशक सुदीप्ताको फिल्म ‘रमिताको पिरति’ ले एक युवतीको मनोविज्ञान कथा उजागर गर्ने संकेत गर्छ।


फिल्म ‘रमिताको पिरति’ को अफिसियल टिजर युट्युबमार्फत रिलिज गरिएको छ। टिजरमा अभिनेत्री अन्ना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको अभिनय हेर्न सकिन्छ। लोकप्रिय गायक समिर श्रेष्ठले यसै फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गर्दै मुख्य भूमिकामा देखिएका छन्।

यो फिल्म विशेष रूपमा एक महिला पात्रको कथा प्रस्तुत गर्छ, र झनै रोचक कुरा फिल्मलाई लेखन र निर्देशन महिला निर्देशक सुदीप्ताले गरेकी छन्। टिजरमा अन्ना शर्मालाई प्रेम, रोमाञ्च, खुशी, दुःखदेखि हृदयवेदना सम्मका विभिन्न भावनात्मक अवस्थाहरूमा देखाइएको छ, जसले फिल्मले एउटा युवतीको मनोविज्ञान कथा उजागर गर्ने संकेत गर्छ। सेरो फिल्मस्को प्रस्तुतिमा यो फिल्म तयार भएको हो।

फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्। आउँदो भ्यालेन्टाइन २०२६ अर्थत माघ २३ मा सार्वजनिक हुने फिल्मका निर्माता सागर लम्साल हुन्।


नेपाली फिल्म ‘अभिमन्यु – च्याप्टर १’ को हिन्दि टिजर हेर्न यहाँ क्लिक गर्नुहोस्


SUBSCRIBE 👉