६० सेकेण्ड फिल्मका लागि आव्हान


Sixty-Secondग्ल्यामर नेपाल, काठमाडौं । विगत एक दशकदेखि अधिकारका लागि संचार अभियान अन्तर्गत क्रियाशील संचार संस्था इन्टरफेस नेपालले ‘दोस्रो ६० सेकेण्ड सर्ट फिल्म फेस्टिभल’को लागि फिल्म आह्वान गरेको छ । आगामी माघ ९ गते राजधानीमा हुने फेस्टिबलले युवाहरुलाई आफु वरपरका समसमायिक विषयहरुमा सचेत गराई आफुसंँग भएको जस्तोसुकै प्रविधि (मोबाइल तथा क्यामेरा र भिडियो सम्पादन सफ्टवेयर) प्रयोग गरि फिल्म बनाउन प्रोहत्सान गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ ।

‘हामी प्रविधिक पक्षलाई भन्दा विषयको गाम्भीर्यता र व्यक्तिको सिर्जनशीलतालाई जोड दिन्छौं । फेस्टिभलले सिर्जनशील युवाहरुको क्षमता र आत्मविश्वास बढाउन, युवाहरुमा निहित फिल्म सम्बन्धि ज्ञान तथा सीप देखाउन सहयोग पुग्ने आशा गरेका छौं ।’ आयोजक संस्थाका कार्यकारी निर्देशक दिलभुषण पाठकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पाठकका अनुसार जुनसुकै विषयवस्तुमा आधारित भई बनाइएका बढीमा ६० सेकेन्ड समायवधि भएका फिल्म फेस्टिवलमा पठाउन सकिने छ । फेस्टिबलमा सहभागी फिल्ममध्ये उत्कृष्ठ फिल्मले पहिलो, दोस्रो, तेस्रो र जुरी अवार्ड सहित नगद पुरस्कार प्राप्त गर्नेछ भने केहीलाई प्रोत्साहन पुरस्कारसहित सम्मान गरिने छ । आयोजकले उत्कृष्ठ फिल्महरुलाई देशका विभिन्न स्थानमा प्रदर्शनसमेत गरिने छ । आयोजकले फिल्म बुझाउने अन्तिम मिति २९ मंसीरलाई तोकेको छ । फेस्टिबलका निर्णायकमा वरिष्ठ फिल्मकर्मी यादव खरेल र गत वर्षको फेस्टिबलका सेकेण्ड रनरअप विजेता शशांक रिजाल रहेका छन् ।

SUBSCRIBE 👉