चलचित्र ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीतमा इभा गिरीको मोहनी नृत्य!

‘पाँच पाण्डव’को नयाँ गीत ‘राजा चाहिया छ’मा इभा गिरीसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपाने देखिएका छन्। असल जीवनसाथीको खोजी समेटिएको गीतमा अर्जुन पोखरेलको संगीत छ।

Eva Giri dances in a gold-embellished outfit with background dancers under colourful lights in Panch Pandav’s song “Raja Chahiya Chha.”

Eva Giri performs seductive Dance in “Raja Chahiya Chha” song from the Nepali film Panch Pandav.

‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ सार्वजनिक, इभाको मोहनी नृत्यमा रमाउदै हरिवंश, जितु र महेश

घरजम गर्न असल जीवनसाथी खोजिरहेकी युवतीको भाव समेटिएको गीत ‘राजा चाहिया छ’ सार्वजनिक भएको छ। चलचित्र ‘पाँच पाण्डव’मा समावेश गीतको भिडियोमा इभा गिरीले नृत्य गरेकी छन्। उनलाई हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपानेले साथ दिएका छन्।

क्यासिनोको परिवेशमा तयार पारिएको भिडियोमा नाचिरहेकी युवतीले आफूलाई उपयुक्त युवक चाहिएको कुरा गीतमार्फत व्यक्त गर्छिन्। गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर छ। सशी शर्मा मजगैयाँले लेखेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन्।

तिहारको छेको पारेर कात्तिक २० गते अर्थात् नोभेम्बर ६ देखि प्रदर्शनमा आउने ‘पाँच पाण्डव’लाई बसन्त निरौलाले निर्देशन गरेका हुन्। चलचित्रमा हरिवंश, महेश, जितु, विनोद र इभासँगै आर्यन सिक्देल र सुशील सिटौलालगायत कलाकारको अभिनय छ।

दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) पनि चलचित्रमा देखिनेछन्।

शीर्षकले महाभारतका पात्र सम्झाए पनि चलचित्रले समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने लेखक सुशील पौडेलले बताएका छन्। उनका अनुसार पाँच पाण्डवका चरित्र र बिम्ब प्रयोग गरिएको यो चलचित्र सामाजिक कथामा आधारित छ। कथा, पटकथा तथा संवाद पौडेलले नै लेखेका हुन्।

काली रानी फिल्म्सको ब्यानरमा बनेको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्माता काली रानी श्रेष्ठ हुन्। श्रेष्ठले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए।

चलचित्रमा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ। गम्भीर विस्ट र विक्रम स्वाँरले चलचित्रका गीतमा कोरियोग्राफी गरेका छन्।

उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको पार्श्व संगीत र पुकार धिमालको भिएफएक्स रहेको चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल हो। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले चलचित्रलाई देशभर वितरण गर्नेछ।

SUBSCRIBE 👉