
Aashirwad Chhetri and Sanisha Bhattarai star in Mohani, an action love story directed by Govinda Singh Bhandari that has begun filming in Chitwan.
आशिर्वाद र सनिशाको फिल्म ‘मोहनी’को छायाङ्कन चितवनबाट सुरु
आशिर्वाद क्षेत्री र सनिशा भट्टराईको अभिनय रहने फिल्म ‘मोहनी’को छायाङ्कन चितवनबाट सुरु भएको छ। एक्सन र प्रेमकथामा आधारित फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गर्दै छन् भने विजय ब्लोन तामाङले निर्माण गरेका हुन्।
मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मको छायाङ्कनका लागि ६० दिनको तालिका तय गरिएको निर्माता विजयले जानकारी दिए। चितवनपछि मुस्ताङ, मुक्तिनाथ, पोखरा र काठमाडौंलगायतका स्थानमा छायाङ्कन गर्ने निर्माण टोलीको योजना छ।
निर्माता विजयका अनुसार कथाको आवश्यकताअनुसार कलाकार छनोट गरिएको हो। दर्शकसम्म राम्रो फिल्म पुर्याउने लक्ष्यसहित टोलीले काम थालेको उनले बताए।
फिल्ममा आशिर्वाद र सनिशासँगै सरोज खनाल, निमा पाण्डे, विजय ब्लोन, देवकुमार श्रेष्ठ, रञ्जना भट्टराई, रिस्ता अधिकारी, कर्मा लामा, सुरक्षा इटनी र उत्पल झालगायतका कलाकारको अभिनय रहनेछ।
‘मोहनी’को कथा निर्माता विजय ब्लोन तामाङले नै लेखेका हुन्। पटकथा तथा संवाद सामीप्यराज तिमल्सेनाको रहेको छ।
फिल्मको छायाङ्कन महेश पौडेलले गर्दै छन् भने द्वन्द्व निर्देशनको जिम्मेवारी सम्राट बस्नेतले सम्हालेका छन्। नृत्य निर्देशन विक्रम स्वार र किरण थापाको रहनेछ। तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक तथा तेजबिक्रम केसी प्रोडक्सन म्यानेजर छन्।











