सेतो बाघले पायो यू सर्टिफिकेट


nepali-movie-seto-bagh-artist-photo-7ग्ल्यामर नेपाल, काठमाडौं ।
नीर शाह निर्देशित पछिल्लो फिल्म ‘सेतो बाघ’ले सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट (यू) पाएको छ ।

आउँदो कात्र्तिक २२ गते अष्ट्रेलियाको मेलवर्न शहरमा प्रिमियर तयारी रहेको फिल्मको सेन्सर प्रतिक्रियाले निर्देशक नीर खुशी छन् । ‘करिअरकै सबैभन्दा राम्रो प्रतिक्रिया सेन्सरबाट पाएको छु । त्यसैले अष्ट्रेलियाको उपस्थिती अझ हर्षका साथ हुनेछ,’ उनले भने, ‘यस अघिका फिल्महरु सेन्सरको समय नरुचाईएका हैनन् तर यो किसिमको प्रतिक्रिया भने मैले पहिलोपटक पाएँ।’

डायमण्ड शमशेर राणाको ऐतिहासिक कृति ‘सेतो बाघ’मा आधारित फिल्ममा जंगबहादुर राणाको अन्तिम ३० दिनको कथालाई प्रस्तुत गरिएको छ । फिल्मको नेपाल रिलिज मिति टुंगो लागिसकेको छैन ।

SUBSCRIBE 👉