ग्ल्यामर नेपाल, काठमाडौं ।
अविरल फिल्मस्को व्यानरमा निर्माण भईरहेको फिल्म ‘नफक्रिएका फूलहरु’ को छायांकनको अन्तिम चरणमा पुगेको छ । बुटवलको विभिन्न रमणीय स्थानमा छायांकन भईरहेको फिल्मले विद्यार्थी र अभिभावकको कथा समेटेको छ ।
गोमा लम्साल, अर्जुन पंगेनी र मनकला पाण्डेको लगानी रहेको फिल्मका निर्देशक विष्णु भट्टराई हुन् । बसन्ती थापा, बाबुराम घिमिरे, प्रिया भण्डारी, क्षितिज पछाई, सुरक्षा ज्ञवाली, ऐश्वर्या, रोशन लगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा दीपक श्रेष्ठको कथा, गीत र संगीत रहेको छ । दीपेश डीसीले छायांकन गरेको फिल्म आगामी २५ दिनमा सकिने निर्माण पक्षले जनाएको छ ।
