बक्सअफिसमा देखियो अनमोलको क्रेज


Anmol-KC-Jerryy-Photoग्ल्यामर नेपाल, काठमाडौं ।
रिलिज अगाडी फिल्म ‘जेरी’ले जस्तो हाइप पाएको थियो, रिलिजपश्चात पनि त्यसलाई कायम राखेको छ। शुक्रबारबाट देशभर प्रदर्शन भएको यो फिल्म हेर्न तन्नेरी पुस्ता हलमा ओइरिएका छन्। मल्टिप्लेक्समा मात्र होइन्, सिंगल थिएटरमा पनि फिल्मले आक्रामक ओपेनिङ गरेपछि मिडियामा चर्चाको विषय बनेको हो। जसको पहिलो श्रेय जान्छ, नायक अनमोल केसीलाई।

शुक्रबार राजधानीमा गरिएको प्रिमियर शो पश्चात पत्रकार र फिल्मकर्मीले अनमोलको खुलेर तारिफ गरेका थिए। यही तारिफ अहिले सहरिया युवा/युवतीको फेसबुक टाइमलाइनमा देखिन थालेको छ। हेमराज विसी निर्देशित ‘जेरी’लाई काठमाडौं उपत्यकामा पपकर्न पिक्चर्स र मोफसलमा नरेन्द्र महर्जनले वितरण गरेका छन्। शुक्रबार देशभर फिल्मको अकुपेन्सी ८५ प्रतिशत थियो भने शनिबार बढेर ९५ प्रतिशत पुगेको वितरकहरुले जनाएका छन्।

अनमोल केसी फोटो तथा भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

माउथ पब्लिसिटी राम्रो भएकोले अझै केही दिन फिल्मले यही अकुपेन्सी कायम राख्ने विश्वास राख्न सकिन्छ। ‘होस्टेल’ रिलिज भएको दुई वर्ष पश्चात अनमोलको नयाँ फिल्म आएकाले पनि यतिधेरै क्रेज भएको हो। उसो त उनलाई ‘होस्टेल’ रिलिजपश्चात नेपाली फिल्मको राईजिङ स्टारको रुपमा चित्रित गरिएको थियो। जुन कुरा अनमोलले ‘जेरी’को बक्सअफिसमार्फत प्रमाणित गरेका छन्।

अनमोलका अधिकांश फ्यान त्यस्ता छन्, जो अक्सर नेपाली फिल्म हेर्दैनन्। सहरिया प्लस टु पुस्ता नै उनका खाँटी फ्यान हुन्। यही पुस्ता हल पुगेपछि अनमोलको थप चर्चा हुनु स्वभाविक पनि हो। ‘जेरी’मा अनमोलसँगै नवनायिका अन्ना शर्माको अभिनयको पनि निकै तारिफ गरिएको छ। अनमोल र अन्नाको अनस्क्रिन रोमान्स अझ कति रुचाइने हो ? हेर्न बाँकी छ।

SUBSCRIBE 👉