काठमाडौं । फिल्म वितरण कम्पनी डिजिटल सिनेमा नेपाल(डीसीएन)ले आफ्नो अब नेपालमै टुके ईन्कोडिङ सुरु गरेको छ । गत फाल्गुन १ गते रिलिज भएको आफ्नै फिल्म ‘सुन्तली’ माथि गरिएको अन्तिम परीक्षण पश्चात कम्पनीले टुके ईन्कोडिङ सुरु गरेको हो ।
कम्पनीका कार्यकारी अध्यक्ष अशोक शर्माका अनुसार टुके क्यामेरा वा फोर के क्यामेराबाट खिचिएका कुनै पनि फिल्मलाई टुके क्वालिटीमै रहेर पर्दामा देखाउने सकिने क्षमतासहित नयाँ प्रविधि प्रयोगमा ल्याईएको हो । ‘अबको दिनमा यो सिस्टमबाट विश्वको कुनै पनि थिएटरमा नेपाली फिल्मलाई सजिलै एवं सुरक्षित साथ प्रर्दशन गर्न सकिनेछ,’राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘ टुके प्रोजेक्सन व्यवस्था भईसकेका नेपालका २० पर्दामा विदेशी फिल्म सरहको क्वालिटीमा नेपाली फिल्म हेर्न सकिनेछ ।’
हाल नेपालमा क्यूएफएक्स च्यानलका ६ वटा पर्दासहित, बीग मुभिजको ३, एफ.क्यूबको ३, गोपीकृष्णको १, सिने द सेफको २, हेटौंडा नारायणीे मलको २ र ईटहरी सिनेमाको १ पर्दा गरी २० पर्दामा टुके पद्धतिको प्रोजेक्सन सिस्टम जडान छ । यस्तै शर्माले ओपन फाईलमा विदेश पठाईदा हुने गरेको पाईरेसीसहित अन्य जोखिमलाई पनि नियन्त्रण गर्न यो नयाँ सिस्टमले सघाऊ पु¥याउने दाबी गरे ।
