काठमाडौं । स्वर्गीय निर्देशक दीपक रायमाझीले निर्देशन गरेको फिल्म ‘डेस्टिनेशन काठमाण्डू’को ट्रेलर सार्वजनिक भएको छ । उनले निर्देशन पुरा गर्न नपाउँदा संसार छाडे पछि फिल्मका मुख्य सहायक निर्देशक मधुसुदन भट्टराईले फिल्म पुरा गरेका हुन्। फिल्म वैशाख २५ मा रिलिज हुँदैछ ।
फिल्ममा अष्ट्रेलियन हिरोइन साराह मावेको साथमा दीलिप रायमाझी, झरना थापा, आरपी पन्त, रवि गिरीलगायतका कलाकारको अभिनय रहेको छ । एकजना विदेशी युवती र ठमेलतिर डुल्ने गन्धर्वको प्रेमकथालाई मुख्य विषय बनाईएको फिल्मले दुई देशको संस्कृतिको कथा बोल्ने निर्देशक भट्टराईले बताए ।