काठमाडौं । नायिका, निर्मात्री एवं निर्देशक रेखा थापाले आफ्नो फाउन्डेशनबाट तीन भूकम्प प्रभावित सञ्चारकर्मीलाई आर्थिक सहयोग गरेकी छन् । रेखा थापा फाउन्डेशन मार्फत भूकम्प प्रभावित तीन जना सञ्चारकर्मीहरु विजयरत्न तुलाधर, कुँवेर गिरी र शारदा थापालाई जनही ३० हजार रकम हस्तान्तरण गरिएको हो ।
राजधानीमा एक अनौपचारिक कार्यक्रममा भूकम्पले गर्दा घर गुमाएका तीन जना सञ्चारकर्मीलाई चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियको रोहवरमा फाउन्डेशनका महासचिव सविर श्रेष्ठ र नवनायक आभाष अधिकारी मार्फत हस्तान्तरण गरिएको हो । आभाष रेखा फिल्मस्को आगामी फिल्म ‘रामप्यारी’ मार्फत नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दैछन् । आर्थिक सहयोग प्राप्त गरेपछि भूकम्प प्रभावित सञ्चारकर्मीत्रयले नायिका रेखा थापा र उनको फाउन्डेशन प्रति कृतज्ञता प्रकट गरे । नायिका थापा भने भूकम्प प्रभावितको सहयोगार्थ राहत संकलनका लागि हाल अमेरिकामा छन् ।
रेखाले यसै साता अर्का भूकम्प प्रभावित सञ्चारकर्मी डिपी शाह चक्रवर्तीलाई पनि ३० हजार नगद सहयोग गरेकी थिइन् भने चलचित्र प्राविधिक संघलाई आफ्ना भूकम्प प्रभावित सदस्यको सहयोगार्थ एक लाख नगद रुपैयाँ सहगोग गरेकी छन् । भूकम्प गएको केही दिन बाटै रेखाले पशुपति आर्यघाटमा भूकम्पका कारण निधन भएकाको शवलाई दाहसंस्कार गर्न आर्थिक सहयोग गर्दै आएकी थिइन् ।
होम » फिल्मी न्युज / गसिप » भूकम्प पीडित सञ्चारकर्मीलाई रेखा थापाको सहयोग
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
गाउँ गाउँमा सिनेमा: सर्लाहीमा हुँदै ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को पाँचौँ संस्करण
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को पाँचौँ संस्करण आगामी बैशाख १५ देखि १७ गतेसम्म सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजना हुने भएको छ। ग्रामीण कथा र...
ठूलो प्रोजेक्टको भारतीय सिनेमा ‘रामायणम्’ चर्चामा, टिजरले तान्यो ध्यान
भारतीय फिल्म ‘रामायणम्’ को टिजर सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढेको छ। रणबीर कपुर रामको भूमिकामा देखिँदा साई पल्लवी, यश र सनी देओलको लुकले पनि ध्यान तानेको...
‘राम नाम सत्य’को दमदार ट्रेलर: एक्सन, प्रेम र सस्पेन्सले भरियो चर्चा
फिल्म ‘राम नाम सत्य’को एक्सन, प्रेम र सस्पेन्सले भरिएको ट्रेलर सार्वजनिक भएको छ। विराज भट्ट, सुशील श्रेष्ठ र दिव्या रायमाझीको अभिनयले भरिएको ट्रेलरले दर्शकमा...
इरानी फिल्मबाट सुरु भयो नवौँ निफ, ४० देशका ८८ फिल्म प्रदर्शन हुँदै
काठमाडौंमा नवौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सुरु भएको छ। इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरु भएको महोत्सवमा ४० देशका ८८ फिल्महरू...
दिव्या सुशीलको जोडी रहेको फिल्म ‘राम नाम सत्य’ नयाँ बर्षमा सोलो रिलिज हुँदै
नयाँ वर्षको छेकोमा रिलिज हुन लागेको फिल्म ‘राम नाम सत्य’ सोलो रिलिज हुने भएको छ। एक्सन, प्रेम र सस्पेन्स मिसिएको फिल्ममा दिव्या रायमाझीको फरक भूमिका विशेष...
‘पाँच पाण्डव’मा प्रशान्त ताम्राकार र इभा गिरीको इन्ट्री
नेपाली फिल्म ‘पाँच पाण्डव’ यतिबेला झापामा धमाधम छायांकन भइरहेको छ। हरिवंश आचार्यदेखि सागर लम्सालसम्मको बलियो कलाकार टोली रहेको फिल्ममा प्रशान्त ताम्राकार र इभा...
नीता ढुङ्गाना फिल्मस्को ‘पार्वती’ले छायाँकन अगाबै तोक्यो प्रदर्शन मिति
नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ चैत २४ गतेबाट छायाँकनमा जाने तयारीमा छ। छायाँकनमा जानु अगाबै फिल्म निर्माण युनिटले फिल्म...
पल शाहको नयाँ फिल्म ‘यानीमाया: रिदम अफ लभ’, निर्देशनमा ओम प्रतिक
पल शाह निर्माता बनेको नयाँ फिल्म ‘यानीमाया: रिदम अफ लभ’ जेठ १ बाट छायांकनमा जाँदैछ। फिल्ममा अञ्जना मगरसँग उनको जोडी देखिनेछ।
‘बेहुली’मार्फत पहिलो पटक चलचित्र निर्माणमा सङ्गीतकार अर्जुन पोखरेल
नयाँ नेपाली फिल्म ‘बेहुली’को कार्यविनायक मन्दिरमा शुभ मुहूर्त सम्पन्न भएको छ। अर्जुन पोखरेलको निर्माणमा बन्ने फिल्म आगामी वर्षको तीजमा रिलिज हुने तयारीमा छ।
१४ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेष्टिवलमा अञ्जिला र द मंकी सर्वोत्कृष्ट
१४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभलमा चलचित्र ‘परान’बाट नीर शाह र ‘कोशेढुङ्गा’बाट सुरक्षा पन्त उत्कृष्ट अभिनेता र अभिनेत्री घोषित, ‘अञ्जिला’ सहित...
पोखरामा ‘कुमारी’को भव्य लाइभ कन्सर्ट, हजारौ दर्शकहरुले भरियो हल्लनचोक
माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कुमारी’को प्रचारका लागि पोखरामा आयोजित लाइभ म्युजिकल कन्सर्टमा करिब ७ हजार दर्शकको उपस्थितिले कार्यक्रम...
रघुजी फिल्म्सको ब्यानरमा दुई चलचित्र ‘कालकट्टी’ र ‘काकाको बिहे’ निर्माण घोषणा
रघुजी फिल्म्सको ब्यानरमा नेपाली चलचित्र ‘कालकट्टी’ र ‘काकाको बिहे’ औपचारिक रूपमा निर्माण घोषणा गरिएको छ। लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ...
