साउथ इन्डियन निर्देशक अरविन्द एमले निर्देशन गरेको नेपाली थ्रीलर / हरर चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स’को फस्ट लुक ( ट्रीजर ) सार्बजनिक भएको छ। २७ सेकेन्ड लामो ट्रीजरमा सम्बाद बिनाको निकै डरलाग्दा केही दृश्यहरु राखिएको छ। भारतको हैदरावादमा पोस्टप्रोडक्सनको काम भैरहेको यो चलचित्रमा सम्पुण प्राबिधिक समेत भारतीयनै रहेका छन्।
नेपालको पाल्पा ,बुटवल र भारतको मुम्बईमा छायांकन गरिएको यो चलचित्रलाई कलाकार समेत रहेका दिपक लम्सालले निर्माण गरेका हुन् । २७ घण्टामा एक व्यक्तिको जिबनमा घटेको घटनालाई चलचित्रले उठान गरेको छ।
चलचित्रमा रिजन कोइरालाको संगीत, वँशी अट्लुरीको सम्पादन, सचिन सतमको भि एफ एक्स, सिध्धु पुजारीको कोरियोग्राफी, मुर्गान र पबनको छायँकन रहेको छ।