चलचित्र ‘त म र उ’ अभिनय सिलसिलामा पहिलो पटक एक अर्कासँग भेटेका थिए अभिनेत्री निता ढुङ्गाना र अभिनेता आमेष भण्डारीले । सो चलचित्र अभिनय सिलसिलामा उनिहरुको प्रेम पनि झाँगियो ।
यो चलचित्र प्रदर्शनमा नआउँदै उनीहरुले अर्काे चलचित्रमा पनि जोडीको रुपमा अभिनय गरे । चलचित्र हो ‘फुलै फुलको मौसम’ । यो चलचित्रमा आमेषको लगानी समेत रहेको थियो । चलचित्र प्रदर्शन आयो र गयो पनि तर चर्चा भयो त केवल आमेश र निताको सम्बन्धको ।
यी दुबैको सम्बन्धको बिषयमा बिभिन्न मिडियामा अनेक समाचार बने । धेरै समाचारमा यी जोडी पे्रमी जोडी हुन् भनेर बने । निता र आमेषले आफ्नो फेसबुक मार्फत बिभिन्न युगल तस्बिर हाल्दै ति समाचारको पुष्टी पनि गरे ।
सबैले प्रेमी प्रेमीकाको रुपमा हेरेको यो जोडी पछिल्लो समय आफ्नो सामाजिक संजालमा एक्लै देखिने गरेका छन् । आमेषको फेसबुक हेर्ने हो भने उनले मार्च २ देखि नीता र आफ्नो तस्बिर पोष्ट गरेका छैनन् । यसपछि उनका तस्बिरमा उनी सिंगल देखिएका छन् भने नीताको तस्बिरमा पनि उनी एक्लै देखिएकी छिन् । बरु नीताको तस्बिरमा उनकी नजिककी साथी भावना गुरुङ धेरै अटाएकी छिन् ।
यसको अर्थ के नीता र आमेषको सम्बन्ध पहिलेको जस्तो छैन भन्ने हो । यसलाई पुष्टी गर्ने आधारहरु पनि भेटिएका छन् । पछिल्लो समयका नीता र आमेषको कुरालाई नियाल्ने हो भने यी दुइको सम्बन्ध त्यती राम्रो छैन । आमेष अहिले आफ्नै परिवार र व्यापारमा व्यस्तछन् भने निता पनि चलचित्र अभिनय गरिरहेकी छन् । एक समय जहाँ मिडियामा जादा पनि सँगै हिड्ने यो जोडी अहिले सामाजिक संजालमा पनि सँगै नदेखिनुले एउटा प्रश्न उब्ज्याएको छ । ‘के निता र आमेशषको सम्बन्ध बिग्रीएकै हो त ?