को हुन् यी डाक्टर ? जसलाई फिल्मका निर्देशकले यसरि हात जोड्दैछन्


याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भई रहेको चलचित्र ‘जोकर’, छायांकनको अन्तिम चरणमा पुगेको छ। यो चलचित्र जादुगर तथा कमेडी कलाकार महादेव त्रिपाठीको निर्देशनमा निर्माण भईरहेको हो।

Mahadev-Tripathi-Surya-Chand

तस्विरमा निर्देशक महादेव त्रिपाठीले हात जोड्दै गरेका डाक्टर हुन् – संचारकर्मी, समाजसेवी सुर्य चन्द। उनि यो चलचित्रमा डाक्टरको रुपमा देखिदैछन्। म्युजिक भिडियो तथा टेलिचलचित्रमा काम गरि सकेका चन्द यो पटक भने ठुलो चलचित्रमा देखिने भएका हुन्।

चलचित्रमा महादेव त्रिपाठी सँगै नव नायिका सिम्पल खरेल, दिपेन शाह ( संसार कै होचा ), सुरेन्द्र केसी (मुलको साग), शिव शंकर रिजाल (जोगेन्द्र), अन्जु थापा, बाल कलाकार रिहानराज गिरि, नवराज श्रेष्ठ, मेरी बास्यैकि अप्सरा, राजेन्द्र गिरि, विनोद राई, बिशेष पन्तको अभिनय छ।

यो चलचित्रमा राजन उप्रेती, भास्कर श्रेष्ठ र संगीता लामाले लगानी गरेका छन्। चलचित्रमा मधुर बस्नेतको छायांकन, सम्राट बस्नेतको द्वन्द र सुगम पोखरेल, टंक बुढाथोकी, ध्रुब बिस्को र कमल खत्रीको गीत-संगीत रहेको छ। महादेव त्रिपाठीको आफ्नै लेखन रहेको चलचित्रका प्रोडक्सन म्यानेजर राजिब धमला हुन्।

SUBSCRIBE 👉