चलचित्र गाँठो निर्माण युनिटले देशब्यापी पेन्टिङ्ग कम्पिटीसन गर्दै, वात्स्यायनले गरे सुरुवात


वात्स्यायन अर्थात दुर्गा बराल र कार्टुन पर्यावाची शब्द जस्तै हुन्। चित्रकार वात्स्यान चर्चीत कार्टुनिस्ट मात्र होइनन् चर्चित चित्रकार पनि हुन्। प्रायजसो पत्रिकाको पानामा साक्षात्कार हुने उनी नेपाली चलचित्र गाँठोले गर्न लागेको देशब्यापी चित्रकला प्रतियोगीताको धोषणा कार्यक्रममा देखिए।

painting-competetion

यस अघि गीतको भिडियो कम्पिटीसन घोषणा गरिसकेकेा चलचित्र गाँठोले विद्यालय, कलेज र खुल्ला स्तरमा गरि तीन तह प्रतियोगीता घोषणा गरेको छ। वात्सायनको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रमामा बोल्दै बात्सायनले खुला क्षेत्रबाट पनि विरलै हुने पेन्टिङ्ग कम्पिटीसन चलचित्र जस्तो कर्मसियल विधाका मान्छेहरुले गर्नुभनेको साह्रै सरहनिय रहेको बताए। आफूले पोखरालाई कलाको शहर बनाउन प्रयत्न गरेको भन्दै धेरै जसो कार्यक्रम काठमाण्डौं केन्दि्रत हुने गरेको गुनासो पोख्दै यस्तो कार्यक्रम पोखरामा हुनु निकै सकारात्मक रहेको बताए। साथै पेन्टिङ्गको मुल्यांकनको कुनै सिमा नहुने र निर्णायक मा बस्नु भनेको अझ जटिल भएको बताउदै पोखरा सम्म धाएर आफूलाई यो मौका दिएको भन्दै आयोजक प्रति कृतज्ञता जाहेर गरे।

अभिनेता नाजिर हुसेनले पोखरामा सुटिङ्ग भएको अझ त्यही आर्ट ग्यालरीमा सुटिङ्ग भएको ठाउँमा फेरि आउन मन भएको भन्दै अग्रजहरु संग फेरि त्यही ठाउँमा पेन्टिङ्ग कम्पिटीसनकको घोषणा गर्न पाउनु आफ्नोलागी अहोभाग्य भएको बताए। नाजिरले आफूले गाँठोमा आफूले गरेको चलचित्रको पात्र अब्जरवेशनको लागी महिनौ दिन खर्चेको बताउदै पहिले आफूले पेन्टिक हेर्ने गरेको तर अहिले बुझ्न थालेको बताए।

Najir-Husen-Nepali-Actor

निर्देशक सुरज भुषालले चलचित्रको थिम नै पेन्टिङ्ग भएको र आफूले लेखन र निर्देशन गर्दा धेरै फाइनआर्ट कलाकार संग संगत गरेको र आफूलाई पनि केही गर्न मन लागेकोले यो प्रतियोगीता आयोजना गरेको बताए। अझै पनि नेपाली समाजमा कलाकारितालाई सहज नलिने गरेको तितो यार्थात राख्दै, यो पुस्कारले केही हौसला थपोस भन्ने उद्देश्यले यो कार्यक्रम राखेको बताए।

अथितीको रुपमा मञ्चमा उत्रिएका कलाकार प्रकाश घिमिरेले अघोषित फिल्मसिटी भएपनी पोखरामा फिल्म सुटिङ्ग मात्र हुने र सुटिङ्ग भएपछि काठमाण्डौं तिर हानिने भएको भन्दै यस्तो राष्ट्रब्यापी कार्यक्रम पोखराबाट घोषणा हुनु र फेरि सुटिङ्ग युनिट पोखरा आउनु भनेको निकै सर्हानिय रहेको बताए।

स्कुल, कलेज र खुला गरि तीन तहमा गर्न थालिएको प्रतियोगीतामा क्रमशः नगद रु. ५००००, ३५००० र २५००० रकम विजेताले पाउनेछन् साथै देशभरबाट जम्मा भएका पेन्टिङ्गहरु मध्ये प्रत्येक विधाबाट दश दश गरि जम्मा तीसवटा पेन्टिङ्ग आर्ट ग्यालरीमा प्रदर्शनीमा राखिनेछ। सबै पेन्टिङ्गहरुको निर्णायक दुर्गा बराल वात्स्यायनले गर्नेछन्।

नाजिर हुसेन, नम्रता श्रेष्ठ, अभय बरालको मुख्य अभिनय रहेको चलचित्र गाँठो भाद्र ३१ गतेदेखि देशभर रिलिज हुदैछ। बटवाल इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्र गाँठोलाई तिलक क्षेत्री र नृपेन्द्र जोशी को लगानी रहेको छ भने सुरज भुषालको निर्देशन छ।

SUBSCRIBE 👉