अष्ट्रेलियन वाईनको ब्राण्ड एम्बेसडरमा नायक रेश मरहट्टा नियुक्त


अष्ट्रेलियन वाईनले नायक डा. रेश मरहट्टालाई आफ्नो कम्पनीको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ।

Actor-Resh-Marahatta-1

नेपाली बजारमा अष्ट्रेलियन ब्राण्डका हाई क्वालिटीका वाईनहरु भित्रिएका छन्। राजधानीमा कार्यक्रमको आयोजना गर्दै फ्रेस फुड ट्रेडर्सले वाईनहरु सार्वजनिक गरेको हो।

वाईन कम्पनीले नायक डा. रेश मरहट्टालाई नेपालका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ। अमेरिकामा रहेका नायक मरहट्ठालाई कम्पनीले ब्राण्ड एम्बेसडर बनाएपछि उनि वाईन सार्बजनिक कार्यक्रममा सरिक हुन नेपाल आइपुगेका छन्। कार्यक्रममा बोल्दै नायक मरहट्ठाले अन्तर्राष्ट्रिय प्रोडक्टको ब्राण्ड एम्बेसडर हुन पाउनु नेपाली कलाकारका लागि ज्यादै गर्वको कुरा भएको बताए।

Actor-Resh-Marahatta-2

कार्यक्रममा रेश मरहट्ठा संगै नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा र नेपाल अष्ट्रेलिया चेम्बर अफ कमर्शका अध्यक्ष अखिलकुमार चापागाई, टेरा फिलिक्स कम्पनी (अष्ट्रेलिया)का सञ्चालक पिटर साईमन लगायतका अतिथिहरुले वाईन सार्वजनिक गरेका हुन्। पाँच फ्लेभरमा अष्ट्रेलियन बुटिक वाईन पहिलो पटक नेपाली बजारमा भित्रिएको कम्पनीका सञ्चालक सुनिल साहले बताए।

पिटर साईमनले नेपालमा आफ्नो कम्पनीको वाइन लन्च गर्न पाउँदा निकै खुसी लागेको बताए। नेपाली फिल्मी बजार, बलिउड र हलिउडमा समेत आबद्ध नायक रेश मरहट्ठालाई ब्राण्ड एम्बेसडर बनाउन पाउँदा कम्पनीको स्तर अझ धेरै राम्रो हुने बताए।

SUBSCRIBE 👉