नबिनबाबुको ब्याचलर ब्रेन


राजधानीमा एक बिधार्थीले भोगेका तितामिठा पलहरु, आफ्नो पढाई र उज्वल भविष्य बनाउन गर्नु परेका संघर्षहरु, आफ्ना नातेदार गतिलो पदमा नहुँदा खेप्नु परेको बेरोजगारी पिडा, यस्तै यस्तै सम-सामयिक घटनाहरुलाई समेटेर तयार परिएको छोटो चलचित्र हो “ब्याचलर ब्रेन”।

BACHELOR-BRAIN

हालै यु ट्युब मार्फत सार्बजनिक भएको यो चलचित्र फोटो पत्रकार नबिन बाबु गुरुङको छायाँकन र निर्देशनमा बनेको हो। कलाकार ध्रुबसागर थापाको मुख्य अभिनय रहेको यो छोटो चलचित्रलाइ स्ट्रिट-नेपालले युट्युब मार्फत सार्वजनिक गरेको हो।

ध्रुबसागर सँगै सुरेश सिम्खडा र दिपेश खत्रीको समेत अभिनय रहेको यो छोटो चलचित्रमा कमल एक्चै मगर सम्पादन र ध्रुब सगरको कथा छ।

हेर्नुहोस् – छोटो चलचित्र “ब्याचलर ब्रेन”

SUBSCRIBE 👉