आक्रामक व्यापार गर्दै करोड क्लबमा ‘वीर विक्रम’ । सिनेमा हलमा देखियो एस्तो क्रेज !


भाद्र २ गते बिहिबारबाट प्रर्दशनमा आएको चलचित्र ‘वीर विक्रम’ ले आक्रामक ब्यापार गर्दै करोड क्लबमा प्रवेश गरेको छ। भाद्र ३ गते बाट प्रदर्शनमा आउने भानियता पनि यो चलचित्र भद्र २ गते देखि नै प्रदर्शनमा आएको थियो।

Deeya-Pun-Bir-Bikram

चलचित्रका निर्माता / निर्देशक मिलन चाम्सले ३ गते देखि नै काठमाडौँका अधिकांश सिनेमा भवनहरु हाउस फुल रहेको र शुक्रबार बाट हलहरुले चलचित्रको सो समयहरु धमाधम थप्न थालेको बताए। उनले शुक्रबार र शनिबार चलचित्रले देशै भर आक्रामक व्यापार गरेको र करोड क्लबमा प्रवेश गरेको दाबी गरे।

Milan-Chams-Bir-Bikram

काठमाण्डौका अधिकांश सिनेमा हलहरु हाउसफुल देखिए। निर्देशक चाम्स सँगै चलचित्रका मुख्य कलाकार दयाहाङ राई, अनुप विक्रम शाही र दीया पुन काठमाण्डौका विभिन्न सिनेमा हलहरुमा पुगेका थिए। सिनेमा हाल प्रारङ्गनमा चलचित्रका कलाकारहरुको उपस्थिति पाएपछि दर्शकहरु सेल्फी तस्विर खिचाउन तछाड मछाड गरिएको दृश्यहरु चलचित्र सम्बद्ध कलाकार, निर्देशकले खुशी हुँदै सामाजिक संजालहरुमा पोस्ट गरेका छन्।

Anoop-Bikram-Bir-Bikram
Deeya-Pun-Bir-Bikram-2

SUBSCRIBE 👉