दुबईमा नेफ्टा फिल्म अवार्ड २०१६


नेपाली चलचित्र प्राबिधिक सङ्घको आयोजनामा नेफ्टा फिल्म अवार्डको नवौं संस्करण आगामी २०१६ डिसेम्बर २३ (पौष ८) गते युएईमा हुने भएको छ। नेफ्टाले नवौं नेफ्टा फिल्म अवार्ड युएईमा आयोजना हुने जानकारी अगस्ट २१ तारिक दुबाईमा पत्रकार सम्मेलन मार्फत गराएको हो।

NEFTA-at-UAE

नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्दै नेपाली कला सस्कृतिलाई विश्व बजारसम्म पुर्याउन तथा नेपाली सिनेमाको अन्तर्राष्ट्रिय बजारीकरण गर्न नेपाल चलचित्र प्राविधिक संघले डिसेम्बर २३ तारिकका दिन नेफ्टा फिल्म अवार्ड २०१६ दुबाईमा आयोजना गर्ने घोषणा गरेको हो।

नेपाल चलचित्र प्राविधिक संघले नौ वर्षा देखि नियमित आयोजना गर्दै आएको नेफ्टा फिल्म अवार्डको छैठौँ, सातौँ र आठौ संस्करणको अवार्ड क्रमश हंगकंग, मलेसिया र कतारमा सफलरुपमा सम्पन्न भएको थियो। युएईमा कन्सेप्ट भिजन फिल्म प्रोडक्सन तथा वितरक कम्पनिको समन्वयमा सम्पन्न हुन लागेको नवौं संस्करण नेफ्टा फिल्म अवार्डको युएईको व्यवस्थापनको जिम्मा सालिक सुबेदी, राजन अधिकारी र सुवाश सिं ठकुरीले गर्ने भएका छन।

नेपाल चलचित्र प्राबिधिक संघको नेफ्टा फिल्म अवार्डलाई व्यवस्थित तथा भब्य बनाउन नेफ्टा फिल्म अवार्र्डको नवौं संस्करण युएईका लागि स्पेक्ट्रम एडभरट्राइंङ् एण्ड मिडिया कन्सल्टेट र कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनि संगको सहकार्यमा सम्पन्न हुनेछ। यो अवार्ड कार्यक्रम सम्पन्न गर्न यी तिन संस्था विच समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ।

नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा फिल्म अवार्डको तयारी तिब्र रुपमा अगाढी बढिरहेको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले पत्रकार सम्मेलनमा बताए। अध्यक्ष लामाले बिदेशमा बसी रहेका नेपालीहरुको ईच्छा अनुसार नै बिदेश मै यो वर्ष पनि उक्त अवार्ड गरीने जानकारी गराए।

कार्यक्रम अवार्ड वितरणको भए पनि नेपाल, नेपाली अनि हाम्रो सामाजिक सास्कृतिक कला तथा मौलिक पहिचानको प्रबर्द्धन एबम प्रस्तुति गर्ने कार्यक्रमहरु रहने छन। जसका लागि अहिले फिल्म दर्ता गर्ने काम भई रहेको पत्रकार सम्मेलनमा आयोजकले बताए।

नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा फिल्म अवार्डको पाँचौ संस्करणसम्म नेपालमै आयोजना गरिएको थियो। नेफ्टाले पछिल्ला केही वर्षयता अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको स्तरोन्नति गर्न टेवा पुर्याउन मलेसिया, हङ्कङ, कतार हुँदै यसवर्ष युएईमा हुने भएको छ।

नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा नेफ्टा फिल्म अवार्डको नवौं संस्करणयुएईमा भब्यरुपमा सफल बनाउन युएईमा क्रियासिल सामाजिक संस्थाहरु, जातिय संस्थाहरु, राजनितिक दलका भातृ संगठनहरु, बुद्धिजिवि, समाजसेवी तथा पत्रकारहरु सबैलाई सहयोग गरिदिनुहुन कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनिले आग्रह गरेको छ।

  • त्रिलोचन कोइराला – झापा नेपाल, हाल युएई

SUBSCRIBE 👉