साइडमा देखिँदा पनि खुशी छु : अभिनेता जीवन


jivan-luitel-bikash-acharyaग्ल्यामर नेपाल, काठमाडौं । पछिल्लो समयका सर्वाधिक सफल अभिनेतामा पर्छन, जीवन लुईंटेल। फिल्म संख्या र सफलताको हिसाबमा उनी अरु नायकभन्दा अगाडी छन्। तर यी सुपरस्टार विकास आचार्य निर्देशित फिल्म ‘नाईं नभल्नु ल २’मा सहायक भूमिकामा देखिएका छन्। पोस्टर तथा प्रोमोमा उनलाई बालकलाकार अनुभव रेग्मी र अर्का नायक सुरजसिंह ठकुरीले छायाँमा पारेका छन्। जसका कारण उनीको स्टारपावर यो फिल्ममा नदेखिने अनुमान गरिएको छ। यसले उनी चिन्तित हुनु स्वभाविक नै हो तर बिहीबार राजधानीमा फिल्म युनिटले आयोजना गरेको कार्यक्रममा उनले साइडमा देखिँदा पनि आफूलाई खुशी लागेको बताएका छन्।

‘पहिलो कुरा त विकास दाईको फिल्म खेल्नु पाउनु नै खुशीको विषय हो। त्यसमाथि फिल्ममा मेरो आवश्यक र महत्वपूर्ण भूमिका छ। त्यसैले साइडमा देखिँदा पनि कुनै चिन्ता छैन्,’ जीवनले भने। उनी फिल्म ‘ठूली’को सुटिङलाई केही बेर ब्रेक गरेर प्रेस मिटमा सहभागी हुन बानेश्वरस्थित अल्फाबिटा हाउस पुगेका थिए। त्यसैले आफ्नो भनाई राखेर कार्यक्रम नसकिँदै बाहिर निस्कीएका थिए। प्रेसमिटमा जीवन र निर्देशक आचार्यसँग फिल्मका अन्य कलाकार तथा प्राविधिक टिम सहभागी थिए।

कार्यक्रममा निर्देशक आचार्य ‘नाईं नभन्नु ल २’ले दर्शकको मन जित्नेमा ढुक्क देखिए। उनले पटक–पटक फिल्म रिलिज डेट चैत्र २८ गतेको प्रतिक्षामा आफू रहेको बताएका थिए। ‘मेरा अघिल्ला फिल्म जस्तै यो पनि सफल हुन्छ,’ उनले भने, ‘बालसुलभमा आधारित भएकोले पनि दर्शकले रुचाउनु हुनेछ।’ त्यस्तै, नायिका प्रियंका कार्कीले आफू पहिलो पटक श्रीमतीको भूमिकामा देखिएकोले नयाँ अनुभव संगालेको बताइन्। चरित्रलाई जीवन्त बनाउन आफूले सक्दो प्रयास गरेको उनले सुनाइन्। फिल्मका कलाकारमध्ये एक सिताराम कट्टेलले पनि दर्शकको माया पाउनेमा आशावादी देखिए। नवनायिका वर्षा सिवाकोटी भने केही नर्भस देखिएकी थिइन्। उनले आफ्नो भूमिकाको बारेमा प्रष्ट पार्न सकिनन्। फिल्मका मुख्य अभिनेता सुरजसिंह ठकुरी भने कार्यक्रममा उपस्थित थिएनन्। बालकलाकारद्वय अनभुव रेग्मी र सुज्ञानी भट्टराईले सुटिङमा निकै रमाइलो भएको बताए।

priyanka-karki-rajesh-payal-rai-1कार्यक्रममा फिल्मको सर्वाधिक सफल ‘यी आँखामा तिमी छौं’ बोलको गीत प्रेम परियारले गाउँदा सबै मन्त्रमुग्ध भएका थिए । उनको कर्णप्रिय स्वरको धेरैले तारिफ गरे। त्यस्तै, राजेशपायल राईले पनि फिल्मको शिर्ष गीत सुनाएका थिए। राजेशले गीत गाउँद गर्दा प्रियंकालाई ड्यासबाट उठाएर नचाएका थिए।

वान टाइम सिनेमाको व्यानरमा दिनेश पोखरेलले निर्माण गरेको ‘नाईं नभन्नु ल २’लाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । फिल्ममा बसन्त सापकोटा र गैर सुरेशको संगीत सुन्न सकिन्छ।

कार्यक्रमको थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस

SUBSCRIBE 👉