अजय देवगन र करण जोहरबीच चर्को विबाद!


अभिनेता अजय देवगन र निर्माता करण जोहरबीच यतिबेला विवाद चलिरहेको छ। चलचित्र समिकक्षक बनेका विवादीत अभिनेता कमल रसिद खान (केआरके) का कारण उनीहरु विच मनमुटाब बढेको हो। केआरकेले फोनवार्तामा कारणले आफूलाई अजयको चलचत्रि ‘शिवाय’ बारे नकारात्मक टिप्पणी गर्न र आफ्नो चलचत्रि ‘ए हाल हे मुसकिल’ को प्रशंसा गर्न २५ लाख दिएको कुरा बाहिरिएपछि यी दुई विच विवाद बढेको हो। दुवै चलचित्र एकै दिन दिपवालीको अवसरमा रिलिज हुँदैछ।

Karan / KRK / Ajay

Karan / KRK / Ajay

केआरकेले फोनवार्तामा कआरकेले २५ लिएको कुरा अजयले भ्वाईस रेकर्ड सार्वजकि गर्दै यसको छानविन गर्न माग गरेका छन्। करण जोहरले भने कुनै प्रतिक्रिया दिएका छैनन्। केआरकेले आफू कहिलेकाहीँ उट्पट्याङ बोलेर रमाईलो गर्ने गरेको र फोन वार्तामा अर्को पक्षले दबाब दिएको कारण फोनमा कुरा सक्न आफूले पैसा लिएको झुठो कुरा गरेको बताएका छन्।

यसअघि सन् २०१२ मा सन अफ सरदार रिलिज हुँदा पनि अजय देवगनले यशराज फिल्म्सलाई सिनेमाहाल लिनेबारेमा ‘गलत क्रियाकलाप’ गरेको आरोप लगाएका थिए। त्यतिबेला यशराज फिल्मको जब तक हे जान रिलिज भएको थियो।

SUBSCRIBE 👉