ह्वील चेयरमा नायक जीवन लुँइटेल !


नायक जीवन लुँइटेल अशक्त भएका छन्। हट्टाकट्टा शरीरका यी चकलेटी हिरो हाल पोखरामा ह्वीलचेयरको सहयोगमा छन्। पोखरामा सुटिंग भईरहेको चलचित्र ‘लेकसाइड’ का मा उनि ह्वील चेयरमा भेटिएका हुन्। दर्जनौ चलचित्रमा अभिनय गरिसकेका यी नायक यतिबेला ‘लेकसाइड’ कै सुटिङमा पोखरामा व्यस्त छन्।

Jiwan-Luitel-Lakeside

राजु अधिकारीले निर्देशन रहेको यो चलचित्रमा नायक जीवन लुइँटेल संगीतकर्मीको भूमिकामा छन्। दुर्घटनामा परेपछि उनी शारीरिक रुपमा अशक्त भएर ह्वील चेयरमा हिड्ने गर्दछन्। ‘म लेकसाइडको स्थानीय पात्र, जो संगीतमा केही गर्न खोज्ने चाहना राखेको हुन्छ, त्यो चरित्रमा देखिँदैछु।’ जीवनले भने ।

Neeta-Jiwan-lakeside

जीवनको अपोजिटमा नायिका नीता ढुंगाना छिन्। नीताले आफु फिल्ममा सकारात्मक र नकारात्मक दुवै भूमिकामा देखिने बताईन्। ‘लबर गर्ल र श्रीमतिको भूमिकामा छु, दुवै चरित्र सकारात्मक र नकारात्मक किसिमका छन्।’ उनले भनिन्।

यो चलचित्रले लेकसाइड क्षेत्र भित्र रहने युवाले संगीतको माध्यमबाट लेकसाइडलाई चिनाउने एक युवाको कथामा आधारित छ।

SUBSCRIBE 👉