चिन सरकारको निमन्त्रणामा बेइनिजङमा हुन लागेको निर्देशकहरुको सेमिनारमा सहभागी हुन निर्देशक निरक पौडेल चिन पुगेका छन्। मिनिष्ट्री अफ कमर्श रिपव्लिक अफ चाइनाको आर्थिक सहयोगमा स्टेट एड्मिनेष्टेशन अफ प्रेसको आयोजनामा हुन लागेको सेमिनार फर डिरेक्टरमा नेपालको तर्फबाट निरकको उपस्थिति रहने भएको छ। उक्त सेमिनारमा चिन, केन्या, श्रीलंका, नेपाल लगायतका २० देशका निर्देशकहरु सहभागी हुनेछन्। उक्त सेमिनारमा नेपालको सहभागीता यो नै पहिलो पटक हो।
सेप्टेम्बर ७ बाट शुरु हुने सेमिनारमा चलचित्रका बिभिन्न पक्षहरु बिच सहभागीहरुले छलफल गर्नेछन्। खासगरि उक्त सेमिनारमा इन्टरनेशनल मिडिया वर्कशप, प्रोड्युसर अफ डकुमेन्ट्री एण्ड क्रस कल्चर कम्युनिकेशन, मल्टीनेशनल को–अपरेशन, मल्टिमिडिया इन्ट्रीग्रेसन एण्ड कोलाब्रेसन इन फिल्म इण्डष्ट्री लगायतका शिर्षकहरु २० देशका निर्देशकहरु बिच छलफल हुनेछ।
साथै ११ सेप्टेम्बर बाट १५ सेप्टेम्बर सम्म पौडेलले चिनमा आयोजना गरिएको इन्टरनेशनल गोल्ड पाण्डा अवार्ड २०१६ मा पनि सहभागीता जनाउनेछन्।
साथै बेइजिङमा रहदा पौडेलले नेपाल स्थित चिनिया दुतावासका राजनीतिक सल्लाहकार जीङ्ग वी को संयोजनमा चिन सरकारको सञ्चार सम्वन्धी उच्च तहका व्यक्तीहरुसँग समेत भेटवार्ता समेत गर्नेछन्।
सेमिनारमा सहभागी हुन बेइजिङ गएका निरकको सम्पुर्ण खर्च चिन सरकारले नै बेहोर्ने बताईएको छ। सिनेमा कल्चर एक्सचेन्जका लागि गर्न लागिएको यस सेमिनारमार्फत नेपाली चलचित्रलाई विश्व बजारमा चिनाउन महत्वपूर्ण भुमिका खेल्ने निरकको भनाई छ।
उनले नेपाली चलचित्रलाई अन्य देशमा पुर्याउनको लागि सेमिनारमा सहभागी निर्देशकहरुसँग समेत छलफल गर्ने बताएका छन्। साथै आफुले उक्त सेमिनारमा सिकेको, बुझेको, जानेको र अनुभव गरेको कुरालाई समग्र नेपाली चलचित्र, डकुमेण्ट्री, रेडियो र टिभीमा उपयोग गर्ने बताएका छन्।