बिनिता बराल पछिल्लो चलचित्र ‘परदेशीको उमंग’को भिडियो गीत


नायिका बिनिता बरालले अभिनित पछिल्लो चलचित्र ‘परदेशीको उमंग’ प्रदर्शनको तयारीमा छ। कात्तिक १२ गतेदेखि प्रदर्शन हुने यो चलचित्रको एउटा गीत ‘हिन्दु बौद्ध… जे जे नि बन्न सक्छु म’ गीत यूट्युबमार्फत रिलिज गरिएको छ।

binita-baral

संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीतको यो गीतमा भारतीय गायक नाकाश अजिजको पाश्र्व गायन छ। चलचित्रका निर्देश्ँक शिव शर्माको कोरियोग्राफी रहेको यो गीतमा नायिका बिनिता बराल तथा नायक कुमार बिसीले आकर्षक नृत्य गरेका छन्।

‘हिन्दु बौद्ध… जे जे नि बन्न सक्छु म’ भिडियो गीत हेर्न यहाँ क्लिक गर्नुहोस्

कुमार बिसीद्वारा निर्मँण गरिएको यो चलचित्रमा बिनिता बराल, कुमार बिसी, सीपी पौडेल, रामबाबु रेग्मी, शिव शर्मा, शिला श्रेष्ठ, रमेश पोखरेल, वसन्त अधिकारी आदि कलाकारले अभिनय गरेका छन्।

तिहारको पूर्व सन्ध्यामा प्रदर्शन हुने यो चलचित्रको अधिकांश छायांकन दुबईमा गरिएको छ। ‘परदेशीको पीडा कि त भोग्नेलाई थाहा हुन्छ कि चलचित्र परदेशीको उमंग हेर्न दर्शकलाई थाहा हुन्छ’ भन्ने नारा बोकेको यो चलचित्रमा मनमा उमंग बोकेर विदेशिएको परदेशीको कथाव्यथा समेटिएको निर्देशक शिव शर्माको दावी छ।

SUBSCRIBE 👉