डाक्टर सँग नायिका केकी अधिकारीको एस्तो पिरती!


वीर अस्पतालको ट्रमा सेन्टरमा कार्यरत चिकित्सक विक्रान्त मेहता गायकको रुपमा स्थापित हुने सम्भावना बढेको छ। उनेल गायिका अञ्जु पन्त संग मिलेर गाएको गीत ‘फूलको सुवास…’ गीतले कम समयमै दर्शकको मन जितेको छ। अर्जुन अधिकारीले निर्देशन गरेको भिडियोमा डा.मेहताले नायिका केकी अधिकारीसंग अभिनय समेत गरेका छन्।

actress-keki-adhikari-and-dr-bikrant-mehta-photo-1

डुमरिया, रौतहटमा जन्मिएका डा.मेहताको यो नयाँ गीतका रचनाकार नारायण खरेल हुन् भने विशाल हुमागाईले संगीत भरेका हुन्। हरि हुमागाईंले खिचेको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

बाल्यकालदेखि नै संगीतमा रुची राख्ने डा.मेहता करिव तीन वर्षदेखि सांगीतिक क्षेत्रमा पनि सक्रिय छन्। हालसम्म पाँच गीत रेकर्ड गरिसकेका डा.मेहता केही समयपछि नै एकल एल्बम लिएर श्रोता माझ आउने तयारी समेत गरिरहेका छन्। केही चलचित्रमा पाश्र्व गायन समेत गरिसकेका डा.मेहतालाई चलचित्रका संगीतकारहरुले समेत रुचाएका छन्। चिकित्सा पेशामा सक्रिय रहे पनि डा.मेहताले संगीतलाई संगसंगै अघि लैजाने योजना बनाएका छन्।

SUBSCRIBE 👉