सौगात भन्दा दयाहाङ अगाडी


saugat-malla-and-dayahang-raiग्ल्यामर नेपाल, काठमाडौं । चलचित्र ‘लुट’ले सौगात मल्ल र दयाहाङ राईलाई रातारात स्टार बनायो। सौगातको हाकु काले र दयाहाङको गोफ्ले चरित्रको सबैको प्रसंशा गरे। दुवैको पृष्ठभूमि थिएटर भएकोले पनि उनीहरुप्रति धेरै अपेक्षा राखिएको थियो। अपेक्षा अनुरुप उनीहरुले भटाभट सिनेमा पाए। त्यहिबेला देखि नै सौगात र दयाहाङमध्ये को बढि सफल होला भन्ने कौतुहलता थियो। यो दुई वर्षकोबीचमा उनीहरुको करिअर लगभग एउटै गतिमा अगाडी बढुयो तर अहिले आएर सौगातभन्दा दयाहाङ अगाडी देखिएका छन्। दयाहाङको पछिल्लो फिल्म ‘झोले’को जति सौगातको ‘फिटकिरी’ व्यावसायिकरुपमा सफल हुन सकेन। दर्शकलाई मनोरञ्जन दिलाउने मामलामा पनि दयाहाङले उछिनेका छन्।

यो वर्ष सौगातको ‘उमा’, ‘सौर्य’ र ‘फिटकिरी’ रिलिज भए तर सबै चलचित्रले सोचे अनुसार व्यापार गर्न सकेन। ‘उमा’मा दयाहाङ पनि थिए तर सहायक भूमिकामा। त्यसैले असफलताको पहिलो भागीदार सौगात नै हुन्छन्। त्यसैगरी ‘सौर्य’ पनि व्यावसायिकरुपमा पूर्ण असफल भयो। यता, दयाहाङको ‘कर्कश’ले मध्यम व्यापार गर्‍यो भने ‘झोले’ले निर्माताको झोला भर्‍यो। ‘लोफर’ भने हिट हुन सकेन। तर भूमिकामा विविधताको हिसाबले भने दयाहाङ सौगातभन्दा पछाडी परेका छन्।

दयाहाङ र सौगातको वास्तविक अग्निपरिक्षा आउँदा फिल्महरुले गर्नेछन्। सौगातको ‘मुखौटा’, ‘उत्सव’लगाएतका फिल्म रिलिज हुँदैछन् भने दयाहाङको ‘राहदानी’, ‘कबड्डी’, ‘नागबेली’, ‘तान्द्रो’ प्रदर्शनको क्रममा रहेको छ।

SUBSCRIBE 👉