पल शाह र पुजा शर्माको अन स्क्रिन रोमान्स : ‘म एस्तो गीत गाउँछु’


सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रेमगीत’को चर्चित गीत ‘म यस्तो गीत गाउँछु’ को नाम बाट चलचित्र निर्माण हुने भएको छ। निर्देशक थापाले आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु’ निर्माण गर्ने घोषणा गरेका छन्।

दुबईमा आयोजना भएको ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ समारोहमा उनले आफ्नो लभ स्टोरी चलचित्रको घोषणा गरेका हुन्। समारोहमा सुदर्शन थापालाई ‘पपुलर रोमान्टिक निर्देशक’को अवार्ड प्रदान गरिएको थियो।

गत वर्ष सुपर हिट भएको आफ्नो चलचित्र ‘प्रेमगीत’को चर्चित गीत ‘म यस्तो गीत गाउँछु जुन प्रेमगीत बनोस्’बाट उनले यो चलचित्रको नाम राखेका हुन्। यो चलचित्रमा नायिका पूजा शर्मा संग मोडल तथा नायक पल शाहले अन स्क्रिन रोमान्स गर्नेछन्।

निर्देशक सुदर्शनले पल र पूजाको जोडी नेपाली चलचित्रमा फेरि सफल जोडीको रुपमा चिनिने विश्वास लिएका छन्। पलले चलचित्र ‘जोनी जेन्टलम्यान’ पछि यो चलचित्रको छायांकन सुरु गर्नेछन्।

SUBSCRIBE 👉