यस्तो देखियो अर्चनाको जीकज्याक जवानी (भिडियोसहित)


archana-dellalग्ल्यामर नेपाल, काठमाडौं । कमलकृष्ण निर्देशित फिल्म ‘दमदार’को प्रतिक्षित आइटम गीत रिलिज गरिएको छ। गीतमा पछिल्लो समयकी चर्चित आइटम डान्सर अर्चना देल्लालले कम्मर मर्काएकी छिन्। ‘जीकज्याक जवानी’बोलको उक्त गीतमा निर्देशक कमलकृष्णको शब्द तथा संगीत रहेको छ भने मनिषा पोखरेलको मादकपुर्ण स्वर सुन्न सकिन्छ। कोरियोग्राफर रोशन श्रेष्ठले आकर्षक हाउभाउसहित अर्चनालाई नचाएका हुन्।

अर्चनाले यो आइटम गीतबाट निकै अपेक्षा राखेकी छिन्। यो उनको दोस्रो आइटम गीत हो। यस अगाडि उनले फिल्म ‘ढुवानी’मा आफ्नो जवानी छल्काएकी थिइन्। सोही गीतबाट चर्चा कमाएकी उनलाई यो गीतले नयाँ उचाई बनाउने देखिएको छ। सायद आइटम गीतले धेरैको ध्यान तान्ने भएकोले होला, निर्माण पक्षले प्रमोशनको पहिलो अस्त्र यही गीतलाई बनाउँदैछ।

एक्सनप्रधान ‘दमदार’मा रेखा थापाको मुख्य भूमिका रहेको छ। फिल्ममा उनले अन्यायविरुद्ध लड्ने पुलिस अफिसरको चरित्र निभाएकी छिन्। उनले पुलिसकै भूमिका निर्वाह गरेको पछिल्लो फिल्म ‘काली’ सुपरहिट भएको छ। सोही कारण यो फिल्म पनि दर्शकले रुचाउने विश्वास गरिएको छ। यो फिल्मको बक्स अफिस कलेक्सनले उनको स्टारपावरको पनि आँकलन गर्न सकिनेछ। फिल्ममा रेखासहित सविन श्रेष्ठ, बासु पुडाशैनी, कमलकृष्णलगायतका कलाकारको अभिनय रहेको छ। चन्द्र पन्तको एक्सन, नवराज शर्माको लेखन, सौरभ लामाको छायाँकन रहेको फिल्मलाई श्रीराम महतले काँटछाँट गरेका हुन्। सुमन विष्टको लगानीमा तयार भएको यो फिल्म आउँदो वैशाख २६ गते देशभर प्रदर्शन हुँदैछ।

SUBSCRIBE 👉