मुनाले भेटिन मदन: अमेरिकामा उषा पौडेल र सुधांशु जोशीको विहे


महाकवि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय खण्डकाव्य मुनामदन मा आधारित चलचित्र “मुनामदन” बाट मुनाको चरित्रमा अभिनय गरेर चर्चा बटुलेकी उषा पौडेलले वास्तविक जीवनमा नै मदन भेटेकी छिन्। उनका मदन हुन् – अभिनेता सुधांशु जोशी। अभिनेता जोशी पनि चलचित्र “जाली रुमाल” बाट नेपाली चलचित्र बजारमा उदाएका हुन्। हाल उनीहरुको इन्गिेजमेन्ट भइसकेको छ।

Usha Poudel Sudhamshu Joshi Wedding

साथी / साथी मात्रै भएको स्पस्टीकरण दिँदै आएका अभिनेत्री उषा पौडेल (रुकमणि पौडेल) र अभिनेता सुधांशु जोशी अन्तत: बैवाहिक जीवनमा बाँधिने पक्का भईसकेको छ। यसअघि दुवैले सञ्चारमाध्यममा विवाह हुने कुराको खण्डन गर्दैं आफूहरु असल साथीमात्रै भएको स्पोष्टिक्त दिँदै आएका थिए। अमेरिकामा रहेका दुवै जनाले आगामी नोभेम्बर १० तारिक विवाह गर्ने साइत पनि जुराइसकेका छन्। विवाहमो निमंत्रना कार्ड हेर्नुस्।

Usha Poudel Sudhamsu Joshi Wedding Invitation Card

मोडलिङ हुँदै नेपाली सिने क्षेत्रमा उदाएकी पौडेलले पछिल्लो समय भारतीय सिरियलहरुमा समेत अभिनय गरेकी थिइन्। जोशीले पनि दर्जनभन्दा बढी नेपाली सिनेमामा अभिनय गरिसकेका छन्। उषा मेरिल्यान्ड र जोशी भर्जिनियामा बस्दै आएका छन्। उनि एक वर्षयता मुम्बईमा भारतीय सिरियलमा अभिनय गर्दा–गदैं अमेरिका आएर बस्न थालेकी हुन्। नेपालमा रहँदा सिनेमामा राम्रै चर्चा बटुलेका जोशी झन्डै आठ वर्षदेखि अमेरिका बस्दै आएका छन्। उनी पछिल्लोक्रममा नेपाली सिनेमामा अभिनय गर्ने तयारी गर्दैछन्। साथीबाट सुरु भएको उनीहरुको मित्रता प्रेमी–प्रेमिका हुँदै बैवाहिक जीवनमा परिणत हुन लागेको हो।

थप फोटोहरु हेर्नुहोस्

SUBSCRIBE 👉