चलचित्र ‘दर्पण छाँया २’ को फर्स्टलुक पोस्टर रिलिज


निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको चलचित्र ‘दर्पणछायाँ २’ को फर्स्टलुक पोस्टर तथा टिजर रिलिज गरिएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माण युनिटले चलचित्रको पोस्टर, टिजर सार्बजनिक गरेको हो। कार्यक्रम मा ‘दर्पणमा छायाँ कति राम्रो..’ बोलको गीत समेत देखाईयो।

Darpan Chhaya 2 Poster

सार्बजनिक गरिएको टिजर संगीतमय छ। टिजरमा केहि दृश्यहरु पनि समावेश गरिएको छ। फर्स्टलुक पोस्टरमा अघिल्लो चर्चित फिल्म ‘दर्पणछायाँ’को प्रभाव झल्किन्छ। १६ बर्ष अघि रिलिज भएको चलचित्रको यो सिक्वेल ‘दपर्ण छायाँ २’मा सबै नयाँ अनुहार छन्।

डा. लोपसाङ लामाको प्रस्तुति तथा सबु गडाल कार्की र रबि कार्कीको निर्माण रहेको फिल्ममा पुष्प खड्का, साहारा कार्की र श्रद्धा प्रसाईं लिड रोलमा छन्। फागुन २७ गते बाट यो चलचित्र सार्बजनिक प्रदर्शनमा आउने बताईएको छ।

SUBSCRIBE 👉