किन रुचाइयो ‘नाइँ नभन्नु ल २’ ?


Nai Nabhannu La -2 | Click On Image To View Large Image !

Nai Nabhannu La -2 | Click On Image To View Large Image !

ग्ल्यामर नेपाल, काठमाडौं । गत शुक्रबारबाट रिलिज भएको फिल्म ‘नाइँ नभन्नु ल २’ ले आक्रामक ओपेनिङले फिल्म उद्योग फेरि जुर्मुराएको छ। विकास आचार्य निर्देशित यो फिल्मको व्यापार ग्राफ शुक्रबारको उकालो लागेको थियो। आज ४ दिन बितिसक्दा पनि ओरालो लागेको छैन्। आज त नयाँ वर्ष पनि परेकोले हलमा दर्शकको ओइरो लागेको थियो। निर्देशक आचार्यकै शब्दमा भन्दा फिल्मले नसोचेको सफलता पाइरहेको छ। आचार्य भन्छन्, ‘हिट हुन्छ भन्ने त थियो तर यति धेरै होला भन्नेचाहीं आशा राखेको थिइनँ।’ सिंगल थिएटरसँगै मल्टिप्लेक्सका दर्शकले पनि रुचाएपछि उनी अझ हौसिएका छन्। आखिर सबैको मन जित्ने त्यस्तो विशेष खुराक के छ फिल्ममा ?

‘नाइँ नभन्नु ल २’को सफलताको पहिलो रहस्य कर्णप्रिय गीत/संगीत नै हो। डा.कृष्णहरी बरालको मर्मस्पर्शी शब्द, बसन्त सापकोटा र गैह्रे सुरेशको संगीत अनि फुच्चे गायक प्रेम परियारको स्वर फिल्मको सफलताको पहिलो आधार हो। रिलिज अगावै भएको प्रेम र उनको स्वरको चर्चाले पनि ओपेनिङ आक्रामक हुन सघाउ पुराएको छ। संगीत पछि फिल्मको अर्को दरिलो पक्ष हो, कलाकारको अभिनय । बालकलाकारद्वय अनुभव रेग्मी र सुज्ञानी भट्टराईले पुरा फिल्म नै होल्ड गरेका छन्। अनुभव र सुज्ञानीको केमेस्ट्री निकै जमेको छ। वयस्क पात्रहरुको सामू उनीहरुले आफूलाई अब्बल सावित गरेका छन्। यी दुवैलाई ‘राइजिङ सुपरस्टार’ मान्न कति पनि हिच्किचाउनु पर्दैन्। सँगै सुरजसिंह ठकुरी र प्रियंका कार्कीले पनि तारिफयोग्य काम गरेका छन्।

अनि आउँछ, फिल्मको कथा। बालप्रेमलाई निकै सुन्दर ढंगबाट प्रस्तुत गर्न सफल भएका छन् आचार्य। अक्सर पर्दामा देखिनेभन्दा फरक प्रेमकथा भएकोले पनि दर्शकले रुचाएका हुन्। आफ्नो सन्तानप्रतिको असिमित माया पनि फिल्ममा देख्न सकिन्छ। ‘नाइँ नभन्नु ल २’ ले प्रमाणित गरेको अर्को जर्बजस्त सत्य के हो भने एक्सन, कमेडी, रोमान्स होइन्, मानवीय संवेदना फिल्मको सबैभन्दा महत्वपूर्ण पक्ष हो। यसको लागि पनि निर्देशक आचार्य प्रसंशाको हकदार बनेका छन्।

‘नाइँ नभन्नु ल २’ को भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस

SUBSCRIBE 👉