दुबईमा आयोजना हुने नेफ्टा अवार्डकालागी कलाकारहरुको तयारी । फोटो फिचर


पुस ८ गते युएईको दुबईमा आयोजना हुन लागेको नवौं संस्करणको नेफ्टा अवार्डमा प्रस्तितीकालागी कलाकारले अभ्यास थालेका छन्। सोमबारदेखि कलाकारहरुले दुई सातासम्म राष्ट्रिय नाचघरमा आभ्यास गर्नेछन्। नेपाली चलचित्रका चर्चित गीतहरुमा कोरियोग्राफर शंकर विसी र नरेशवीर सिंहले कलाकारहरुलाई नचाउनेछन्।

naresh-bir-singh-mala-limbu

राजेश हमाल, करिश्मामानन्धर, नम्रताश्रेष्ठ, प्रियंका कार्की, संचिता लुइँटेल, निखिल उप्रेती, नाजिर हुसेन, सलोन बस्नेत, नम्रता सापकोटा, जेविका कार्की, रोहित रुम्बा, छुल्ठिम गुरुङ, अनुप विक्रम शाही, पूजा शर्मा, रीस्ता बस्नेत, साम्राज्ञी शाह, माला लिम्बु, पल शाह सहित दुई कोरियोग्राफर समेतले अवार्ड कार्यक्रममा नृत्य प्रस्तुत गर्ने छन्।

namrata-naresh-rista-rohit

पछिल्लो वर्ष रुचाइएकागीतहरु नीरा जैले रिसाउने, सुर्के थैली, पूर्वपश्चिम रेल, म यस्तो गीत गाउँछु, हारेँ हारेँ, ब्लास्ट हुनेवाला छ मेरो जवानी, झकास झापाली लगायतकागीतमा नृत्य प्रस्तुत गरिने भएको छ। अभिनेत्री करिश्मा मानन्धरले तीन गीतमा नृत्य प्रस्तुत गर्दै छिन्।

jebika-salon-chhulthim

नेफ्टाका अध्यक्ष पुष्कर लामाले अवार्ड नजिकिँदै आइरहेकाले तीव्र तयारी गरिएको बताए। दुबई स्थित आयोजक कन्सेप्ट भिजन फिल्म प्रोडक्सन एन्ड डिष्ट्रिब्युसन प्रालिका सुवास सिंह ठकुरी (अनिश)ले आफ्नो तर्फबाट पनि अन्तिम तयारी भैरहेको बताए। उनले भने – ‘अवार्डलाई स्तरिय बनाउन कुनै कसर बाँकी राख्दैनौं’।

pooja-sharna-anoop-bilkram-shahi

नेफ्टा, स्पेक्ट्रम एडभरटाइजिङ एन्ड मिडिया कन्सलट्यान्ट र कन्सेप्ट भिजन फिल्म प्रोडक्सन एन्ड डिष्ट्रिब्युसन प्रालिको संयुक्त आयोजना, सेभेन स्टार इभेन्ट्स एन्ड प्रोडक्सन इभेन्ट म्यानेजमेन्ट एवं एभरेस्ट इन्टरनेसनल कन्सलटेन्सी एन्ड एचआर सोलुसन अवार्डले यो अवार्डमा सहहकार्य गर्दैछन्। दुबईको अलनासार लिजरल्यान्ड स्थित आइस रिङ्कमा भव्यता पूर्वक अवार्ड हुँदैछ। उक्त हलमा यसअघि भारतका सिनेमाहरुले ठूला अवार्ड सम्पन्न गरिसकेका छन्।

rohit-rumba-rista-basnet

सयभन्दा बढी कलाकार, प्राविधिक, फिल्मकर्मी र पत्रकारको टोली दुबई लगिने अध्यक्ष लामाले बताए। यसपटक टोलीमा तीनदशक देखि सक्रिय बरिष्ठ प्राविधिकलाई स्थान दिइएको छ। वर्ष ०७२ मा रिलिज भएका चलचित्रहरु सहभागि भएको यो अवार्डमा २८ विधा समावेश छन्। नेफ्टाले यसअघि नेपाल सहित मलेसिया, हङकङ र कतारमा अवार्ड सम्पन्न गरिसकेको छ।

SUBSCRIBE 👉